एमाले फुटाउनेले मेडल पाए : सुवास नेम्वाङ



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो दल फुटाउनेहरुले मेडल पाएको टिप्पणी गरेका छन् । दिल्ली र काठमाडौंमा बसेर एमाले फुटाउन सक्रिय भएकाहरुलाई सरकारले मेडलबाट विभूषित गरेको बताएका हुन् ।

झलनाथ खनालप्रति व्यङ्ग्य गर्दै आज एमालेले संविधान दिवसमा आयोजना गरेको कार्यक्रममा नेम्वाङले भने, ‘एकजना साथीले दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभयो, उहाँले मेडल पाउनुभयो ।’ काठमाडौंमा बसेर एमाले फुटाउन लाग्ने दुईजनाको परिवारका सदस्यले पनि मेडल पाएको बताए । उनले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै परिवारका सदस्यलाई मेडल दिलाउन सकेको टिप्पणी गरे ।

‘ओली सरकारको विरुद्धमा मुद्दा लगाउने साथीहरुले मेडल पाउनुभएछ, सँगसँगै मुद्दामा भूमिका निर्वाह गर्नुहुने कानुन व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ,’ नेम्वाङले भने । मुद्दाको फैसला गर्ने संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुले पनि मेडल पाएको टिप्पणी गरे ।

तत्कालीन केपी शर्मा ओली सरकारका विरुद्ध मुद्दा लगाउनेहरुले पनि मेडल पाएको बताए । उनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीप्रति व्यङ्ग्य गर्दै भने । त्रिपाठीले ओली सरकारविरुद्ध पटक पटक मुद्दा दायर गरेका थिए । उनले मुलुक बहुराष्ट्रिय राष्ट्र नभई विविध जातजाति बस्ने राष्ट्र भएको विषय राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...