संसद विघटन गरेर चुनाव घोषणा गर्दै देउवा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले प्रधानमन्त्री शेरबहादुर देउवा संसद विघटन गर्ने मनसायमा पुगेको बताएका छन् । अखिल नेपाल किसान महासंघले कैलालीको घोडाघोडीमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा भट्टले संसद विघटन गरेर देउवा निर्वाचनमा जाने तयारीमा रहेको बताएका हुन् ।

‘संसद विघटन गरेर निर्वाचन घोषणा गर्ने तयारी भइरहेको छ’, उनले भने ‘यो कुरा बाहिर नल्याइएको मात्रै हो ।’ भट्टले वर्तमान गठबन्धन धेरै समय नटिक्ने समेत दावी गरे । एमसीसीका कारण गठबन्धन धरापमा रहेको उनको भनाइ छ । ‘एमसीसीकै कारण यो गठबन्धन फुट्दै छ’, उनले भने, ‘त्यसकै कारण मन्त्रिमण्डल विस्तार पनि हुन सकेको छैन ।

उनले माधव नेपाल केन्द्रमा राखेर गरिएको १० बुँदे सम्झौता हुबहु कार्यान्वयन नहुने पनि बताए । ‘अहिले एमालेको लागि जेठ २ पनि आवश्यक हो र त्यसपछिपछिको पनि । त्यस्तै फागुन २७ पनि आवश्यक छ’, उनले भने । उनले अबको निर्वाचनपछि एमाले फेरि ठूलो दल बन्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...