माधव नेपालका पितादेखि झलनाथ खनालसम्म विभुषित



हाम्रो इकोनोमि

 

 

सरकारले संविधान दिवसका अवसरमा ९०३ जनालाई विभिन्न विभूषण, अलंका र पदक प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिएको छ ।नेपालको सबैभन्दा ठूलो मान-पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रदान गरिने भएको हाे ।

मन्त्रिपरिषदका पूर्वअध्यक्ष सूवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाललाई राष्ट्र गौरव पदवी प्रदान गरिएको छ । २९ भदौको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, स्वर्गीय तुलसीलाल अमात्य, स्वर्गीय मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्वर्गीय दुर्गानन्द झा र स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यलाई महाउज्जवल राष्ट्रदीप प्रदान गर्ने निर्णय भएको छ ।

सुप्रसिद्ध प्रबल जनसेवा राजनीतिज्ञ प्रदीप नेपाल, स्व. पोस्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य र पीएल सिंहलाई प्रदान गरिने छ । उज्ज्वल कृतिमय राष्ट्रदीप मान-पद्वी सर्वाेच्च अदातलतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाएका छन् । त्यस्तै प्रवल जनसेवाश्री नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका पिता स्वर्गीय मंगलप्रसाद उपाध्याय नेपाललाइ पनि प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...