अष्टलक्ष्मी शाक्य नेकपा (एस)मा जाने संकेत



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)मा फर्किने संकेत गरेकी छन् । उनले आफू माधव नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको र नेकपा (एस)कै सहयोगमा विश्वासको मत लिने बताउँदै यस्तो संकेत गरेकी हुन् ।

काठमाडौंको एमालेको प्रशिक्षण कार्यक्रममा सरप्राइज गर्नेगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले इन्चार्ज रामबहादुर बादललाई नै दिएपछि शाक्यले कार्यक्रम नै छोडेर हिँडेकी थिइन् । त्यसपछि एमालेसँग उनको दुरी बढेको बताइएको थियो ।

त्यसलगत्तै बर्दिबास पुगेकी शाक्यले माधव नेपालकै सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएपछि एमाले वृत्तमा हङ्गामा मच्चिएको छ । महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गरिन् ।

वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताइन् । एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उनको भनाइ थियो ।

नेता नेपालको नेकपा एमालेलाई मजबुत बनाउनमा महत्वपूर्ण योगदान दिएको र उनले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताइन् । उनले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दैआएकी थिइन । उनले यस्तो संकेत गरेपछि गुम्नै लागेको मुख्यमन्त्री पद जोगिने अनुमान गरिएको छ ।

 

‘माधव नेपालकै सहयाेगमा विश्वासकाे मत पाउँछु’ : अष्टलक्ष्मी शाक्य

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी) को सहयोगमा आफूले विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा आज शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गर्नुभयो ।

वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरूको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताउनुभयो । एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उहाँको भनाइ थियो ।

नेता नेपालको नेकपा (एमाले) लाई मजबुत बनाउनमा महत्त्वपूर्ण योगदान दिएको र उहाँले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताउनुभयो । उहाँले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दै आएको बताउनुभयो । एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ–आफ्नो अडान छाड्नुपर्नेमा शाक्यले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...