आगामी निर्वाचनमा माओवादीले दुई सिटमात्र जित्ने



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा जम्मा दुई क्षेत्रमा मात्र चुनाव जित्ने निश्चित भएको प्रक्षेपण गरिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डचाहिँ समानुपातिकमा मात्र सुरक्षित रहेको पनि प्रक्षेपण गरिएको छ ।

वरिष्ठ अधिकारकर्मी एवं पत्रकार कनकमणि दिक्षितले ट्वीट मार्फत माओवादीको आगामी चुनावको नतिजाका बारेमा अनुमान प्रस्तुत गरेका छन । उनले माओवादी नेताहरू जनार्दन शर्मा र वर्षामान पुनःको जित्ने निश्चित रहेको र जित्ने निर्वाचन क्षेत्र नभेटिने हुँदा प्रचण्डले समानुपातिकमा बस्न सक्ने अनुमान गरेका छन ।

दिक्षीतले भनेका छन, ‘मेरो लेटेस्ट बुझाईस् संसदीय निर्वाचनमा माओवादी शीर्षस्थ मध्ये वर्षमान पुन र जनार्दन शर्माको आ(आफ्ना पकेट क्षेत्रबाट जित निश्चित छ । पुष्पकमल दाहाल आफु कताबाट उम्मेदवार हुने ठेगान छैन, र काँग्रेससंग समझदारी नहुने होभने जीत पनि पक्का छैन । लास्टमा समानुपातिकबाट उठ्न बेर छैन ।’

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...