माधव नेपाल एमालेमै फर्किन्छन् : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमालेमै फर्किने बताएका छन् । विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किएजस्तै माधव नेपाल पनि एमालेमै फर्किने भट्टराईको भनाइ छ ।

‘समाजवादी पार्टीका नेता/कार्यकर्ताको मनमा एमाले छ । उहाँहरु एमालेभन्दा बाहिर बस्न सक्नुहुन्न,’ भट्टराईले भने, ‘उहाँहरु एमाले सिक भएर फर्किनुहुन्छ ।’ पोखरामा प्रेस चौतारी नेपाल कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले वरिष्ठ नेता नेपालसहितको एमाले बनाउन आफूहरुले धेरै प्रयास गरेको बताए ।

माधव नेपालकै सहमतिमा कार्यदल बनाइएको, नेपालकै रोहबरमा १० बुँदे सहमति गरिएको तर नेपालले नै नमानेर हिँडेको भट्टराईको भनाइ थियो । ‘पार्टीभित्र केही विमति थियो । त्यसलाई वैधानिक ढंगले छलफलबाट हल गर्ने हो । पार्टीभित्र छलफल नगरी माधव नेपालले आफ्नै हिसाबले पार्टी फोर्नुभयो,’ भट्टराईले भने, ‘पार्टीभित्र विमति हुनेबित्तिकै विभाजन गर्ने होइन ।’

सबै नेता, कार्यकर्ता कोही व्यक्तिको पछाडि नलाग्ने भट्टराईले बताए । सुरुमा नेपाल खेमामा रहेका र अन्तिम समयमा ओली खेमामा गएका भट्टराईले आफूहरुले माधव नेपाललाई धोका नदिएको बताए । ‘नेता कार्यकर्ताहरु नेपालगञ्जको टाँगाको घोडाजस्ता होइनन्, दायाँबायाँ नहेरी नेताको पछि लाग्ने,’ भट्टराईले भने, ‘आफूले पनि अध्ययन गरेर, विश्लेषण गरी विवेक गर्न सक्छन् ।’

नेताहरुले मोदीबाट पनि सिक्न सकेनन्

अध्यक्ष बन्न नेताहरुले गरेको लालसा र आफूबाहेक अरुलाई नस्वीकार्ने पारिपार्टी नेपालका नेताहरुमा देखिएको भट्टराईले बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पार्टीको अध्यक्ष हुन कहिल्यै लालसा नगरेको तर नेपालमा त्यहीँबाट पनि सिक्न नसकिएको उनको भनाइ थियो ।

पार्टीको कार्यकारी पदमा ७० वर्षको उमेर हद लागु भएपछि नयाँ पुस्ताले ठाउँ पाउने भट्टराईको विश्वास  थियो ।

यो सरकार असफलतर्फ गइसकेकाले अब फेरि एमालेकै सरकार बन्ने भट्टराईले दाबी गरे । यो सरकारले अन्तर्राष्ट्रियस्तरमा विश्वसनियता पनि गुमाइसकेको उनको भनाइ थियो । संसदलाई विधेयक दिन नसकेको, बजेट पारित गराउन नसकेर बजेट होलिडेको अवस्था आएको र एमसीसीका कारण एकमत हुन नसकेका कारण यो सरकार धेरै नटिक्ने भट्टराईले बताए ।

‘यो सरकार असफलताको बाटोमा गइसक्यो । अब यो सरकार बिस्थापित भएर एमालेकै सरकार बन्छ,’ भट्टराईले भने, ‘पार्टीहरुबीचका विवादले आजको दिनसम्म मन्त्रिपरिषद बिस्तार हुन नसक्नु लज्जास्पद छ । अहिलेसम्म हेर्दा यो सरकार पूरै असफलतातिर गइसक्यो ।’ सरकार गन्तव्य पत्ता लगाउन नसकेर आफै द्विविधामा रहेको भट्टराईको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...