ब्राह्मण वंशले देशलाई बर्बाद गर्यो : प्रभु साह



हाम्रो इकोनोमि

 

 

 

 

 

बिहिबार लहानमा आयोजित आईटी आर्मीको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले पञ्चायती व्यवस्थाको अन्त्यसँगै देशमा बाह्मण वंशको उदय भएको बताए । बहुदलीय शासन प्रणालीबाट ब्राह्मणवाद छिरेको जीकिर गर्दै पूर्वमन्त्री साहले कथित प्रजानतन्त्रको नाममा देशमा २०४७ सालदेखि लगातार ब्राह्मण वंशको शासन चलिरहेको बताए । उनले राज्य सत्तामा मात्र नभई देशको हरेक क्षेत्रमा ब्राह्मण वंशको कब्जा भई अन्यको उठिवास हुने स्थिति सृजना भएकोले देशमा स्थिरता, बिकास र समृद्धि ल्याउनु छ भन्ने ब्राह्मण वंशको अन्त्य ज़रूरी रहेको बताए । पूर्वमन्त्री प्रभु साहले ब्राह्मण वंशले देशलाई बर्बाद गरेको आरोप लगाएका छन् ।

संसारमा काहीँ नभएको तीन तहको सरकार नेपालमा रहेको बताउदै उनले ७६१ वटा सरकारले संघीयताको मजाक बनाएको जीकिर गरे । दर्जनौँ संवैधानिक निकाय, शासक वर्गलाई आरक्षण, पक्षपातपूर्ण राजस्व जस्ता व्यवस्था विश्वमै कतै नभएको ब्यवस्था नेपालमा हुनु ब्राह्मणवादकै उपज भएको जीकिर गर्दै उनले एकल नश्लीय सोचबाट निर्माण गरिएकोले असफल भइसकेको बताए ।

तपाई हामी सबै साक्षी छौँ, २०४७ साल देखि देशमा लगातार ब्राह्मण वंशको शासन छ । बहुदलीय शासन प्रणालीबाट ब्राह्मणवाद छिरेको हो । पंचायती ब्यवस्थाको अन्त्य संगैं ब्राह्मण वंशको उदय भयो । हिजो विभिन्न नाममा शाह र राणा वंश शासन गरे जस्तै अहिले कथित प्रजातन्त्रको नाममा ब्राह्मण वंशले शासन गरिरहेका छन् । पूर्वमन्त्री साहले भने, कुनै बेला उधोग व्यापारमा मारवाड़ी, नेवार र राणाहरु अगाड़ी थियो तर अहिले सबै क्षेत्रमा ब्राह्मण मात्र हाबी छ । अब हामी ब्राह्मण वंशको शासन अन्त्य गर्नुपर्छ ।

संसारमा काहीँ नभएको तीन तहको सरकार नेपालमा छ । संघीयताको मजाक बनाउने ७६१ वटा सरकार नेपालमा छ । दर्जनौ संवैधानिक निकाय नेपालमा मात्र छन् । संसारमा काही नभएको शासक वर्गलाई आरक्षण नेपालमा छ । नाङ्गै रुपमा पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र छ । अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनिे नागरिकता दिने व्यवस्था नेपालमा मात्र छ ।ू उनले थपे,  दुनियामा न भएको खेल नेपालमा जो हामी हेरिरहेका छौ त्यो सबै ब्राह्मणवाद उपज हो । देशमा स्थिरता, बिकास र समृद्धि ल्याउनु छ भन्ने ब्राह्मण वंशको अन्त्य ज़रूरी छ ।ू भेलाले दिपेन्द्र महतोको संयोजकत्वमा आईटी आर्मीको ७५ सदस्यीय सिरहा जिल्ला कमिटी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...