५ दलीय गठबन्धन चुनावसम्मै : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा सत्तारुढ ५ दलीय गठबन्धन मिलेर एमालेविरुद्ध जाने बताएका छन् । केन्द्रीय कार्यालय उद्घाटनपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले तत्काल अरु पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताए । एमाले दक्षिणपन्थी भासमा डुबेकाले त्यो पार्टीसँग भने गठबन्धन नहुने समेत नेपालले बताए । नेपालले पाँच दलीय गठबन्धन तोड्न अनेक प्रयास भइरहेको भन्दै त्यसलाई सफल हुन नदिइने बताए ।

अध्यक्ष नेपालले भने, ‘हामी चुनावअघि अरु पार्टीसँग एकीकरण गर्दैनौं । यो पाँच दलीय गठबन्धनलाई निरन्तरता दिन्छौं । आउने चुनावमा पनि हामी मिलेर लड्छौं । यो गठबन्धन चुनावसम्म लैजान्छौं ।’ नेपालले एमसीसीको निम्ति सीमा नाघेर केपी ओलीको सरकारले काम गरेकाले अहिले प्रश्न सोधेर पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...