५ दलीय गठबन्धन चुनावसम्मै : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा सत्तारुढ ५ दलीय गठबन्धन मिलेर एमालेविरुद्ध जाने बताएका छन् । केन्द्रीय कार्यालय उद्घाटनपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले तत्काल अरु पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताए । एमाले दक्षिणपन्थी भासमा डुबेकाले त्यो पार्टीसँग भने गठबन्धन नहुने समेत नेपालले बताए । नेपालले पाँच दलीय गठबन्धन तोड्न अनेक प्रयास भइरहेको भन्दै त्यसलाई सफल हुन नदिइने बताए ।

अध्यक्ष नेपालले भने, ‘हामी चुनावअघि अरु पार्टीसँग एकीकरण गर्दैनौं । यो पाँच दलीय गठबन्धनलाई निरन्तरता दिन्छौं । आउने चुनावमा पनि हामी मिलेर लड्छौं । यो गठबन्धन चुनावसम्म लैजान्छौं ।’ नेपालले एमसीसीको निम्ति सीमा नाघेर केपी ओलीको सरकारले काम गरेकाले अहिले प्रश्न सोधेर पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...