आजको एमाले विकसित एमाले हो : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जेठ २ मा फर्किने कुरालाई यान्त्रिक ढंगले नबुझ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले आजको एमाले माओवादीसँगको एकता प्रक्रियासहितको पार्टी हो भनेर बुझ्नुपर्ने बताए ।

महासचिव पोखरेलले भने, ‘जेठ २ लाई राजनीतिक र कानूनी मर्मका आधारमा बुझ्नुपर्छ । आजको एमाले २०७५ जेठ २ अघिको एमालेमात्र होइन, विकसित एमाले हो । एकता प्रक्रियासहितको एमाले हो । जेठ २ लाई हामीले सिर्जनात्मक प्रयोग गर्ने हो ।’

पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने र भइरहेको भन्दै माओवादीसहितको एकताको एमाले हो भनेर नबुझ्ने हो भने पार्टी बलियो नहुने प्रष्ट पारे ।

महासचिव पोखरेलले आजको मुलुक एमाले र एमाले विरोधी दुई ध्रुवमा विभाजित भएकाले सुदृढ एमाले आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...