आजको एमाले विकसित एमाले हो : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जेठ २ मा फर्किने कुरालाई यान्त्रिक ढंगले नबुझ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले आजको एमाले माओवादीसँगको एकता प्रक्रियासहितको पार्टी हो भनेर बुझ्नुपर्ने बताए ।

महासचिव पोखरेलले भने, ‘जेठ २ लाई राजनीतिक र कानूनी मर्मका आधारमा बुझ्नुपर्छ । आजको एमाले २०७५ जेठ २ अघिको एमालेमात्र होइन, विकसित एमाले हो । एकता प्रक्रियासहितको एमाले हो । जेठ २ लाई हामीले सिर्जनात्मक प्रयोग गर्ने हो ।’

पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने र भइरहेको भन्दै माओवादीसहितको एकताको एमाले हो भनेर नबुझ्ने हो भने पार्टी बलियो नहुने प्रष्ट पारे ।

महासचिव पोखरेलले आजको मुलुक एमाले र एमाले विरोधी दुई ध्रुवमा विभाजित भएकाले सुदृढ एमाले आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...