माधव नेपाललाई एमालेमा ठाँउ छैन : ओली



हाम्रो इकोनोमि

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको आवश्यकता अब पार्टीलाई नरहेको प्रष्ट पारेका छन् । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई पार्टीमा आउनुस् भन्ने नेताहरूलाई नै प्रश्न गरे ।

ओलीले भने, ‘अझै पनि हाम्रा केही कमरेडहरूले माधव कमरेड आउनुस् भन्दै हुनुहुन्छ । फेरि किन आउने ? फेरि पार्टी फुटाउन ? माधव नेपालको आवश्यकता किन ? म बुझ्दिन । पार्टीमा छइन्जले माधव नेपालले कहिल्यै पार्टी र सरकारको पक्षमा बोलेको सुन्नुभयो ?’

सोही कार्यक्रममा अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो गलत भएको भन्दै एमालेमै फर्किन आग्रह गरेकी थिइन् । ओलीले आफूले कसैको जवाफ दिन नचाहेको भन्दै बेला बेला यस्ता कुरा आउने गरेकाले जवाफ दिएको बताए ।

उनले भने, ‘आज कसैले यहाँ बोलेको रहेछ भने जवाफ दिएको जस्तो होला । तर, यो सवाल-जवाफ होइन । म घरमा थिएँ, कसैले बोलेको भए मैले सुनेको छैन । तर साथीहरुले बेला बेलामा भन्ने गरेका छन् । त्यसलाई जवाफ दिएको हो ।’

साढे ३ वर्षसम्म पार्टीमा गुटबन्दी गर्ने र पार्टीलाई सिध्याउने बाहेक कुनै काम नगरेको भन्दै ओलीले एमालेलाई सिध्याउन माधव नेपालले विपक्षीसँग साँठगाठ गरेको आरोप लगाए । ओलीले भने, ‘नराम्रो नभनौं, प्रतिक्रियावादी काम माधव नेपालजीको नेतृत्वमा भयो, यो पार्टी सिध्याउन उहाँले कुनै कसर बाँकी राख्नुभएन ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...