शेरबहादुर देउवा नै काँग्रेसको सभापति बन्ने पक्का



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसमा सभापतिका एक दर्जन दाबेदार देखिएका छन् । महाधिवेशनको मिति नजिकिएपनि दाबेदार कसैले ब्याक भएको घोषणा गरेका छैनन् । बरु सभापतिमा उम्मेदवारी घोषणा गर्नेहरु बढिरहेका छन् । सभापतिमा काँग्रेसको विभिन्न पुस्ताका नेताहरु दाबेदार छन् । ८० को नजिक पुगेका वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दाबेदार छन् । देउवाले १३औं महाधिवेशनमा पौडेललाई पराजित गरेका थिए ।

७० कटेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत पनि सभापतिका दाबेदार छन् । उनीहरु कुनै हालतमा पछि नहट्ने अडानमा छन् । उमेरका कारण पनि यसपटक सभापति बन्न नपाए अवसर नआउने सम्भावना रहने कारण पनि उनीहरुको अडान कायमै छ । ६५ कटेकामध्ये पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्य सुजाता कोइराला पनि दाबेदार छन् । वर्तमान उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सिंह आफूसँग लामो अनुभव भएको र सिद्धान्त र आदर्शको राजनीतिबाट अविचलित रहेकाले काँग्रेसको नेतृत्व हाँकेर पार्टीलाई उचाईमा पुर्याउन सक्ने बताउँदै आएका छन् । वीपीपुत्र सशांक र जीपी पुत्री सुजाता पनि काँग्रेसको साख उच्च बनाउनसक्ने भन्दै दाबेदार देखिएका छन् । निधिले देउवालाई कुनै हालतमा सभापति बन्न नदिने चुनौती यसअघि नै दिइसकेका छन् । ६० कटेका चन्द्र भण्डारी देखि ५० आसपासका कल्याण गुरुङ पनि सभापतिका दाबेदार छन् । यसरी दाबेदारहरुले अन्तमा कुनै एकलाई साथ दिएर ब्याक हुने सम्भावना छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा अर्को कार्यकाल नेतृत्वका लागि प्रतिष्पर्धामा उत्रने निश्चितप्रायः भइसकेको छ । देउवाले सार्वजनिक रुपमा सभापतिको उम्मेदवारी घोषणा गरेका छैनन् । तर, उनको सक्रियता त्यसैतर्फ केन्द्रित देखिन्छ । देउवाले सभापति दोहोराउन खोजेपछि उपसभापति विमलेन्द्र निधिले साथ छाडिसकेका छन् । निधिले आफै सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । यसपटकको काँग्रेसको महाधिवेशनमा देउवालाई कस्ले मुख्य चुनौती दिने भन्ने चासो बनेको छ । पौडेलको पक्षमा सहमतिको सम्भावना छ तर सजिलो छैन । अन्तमा उनले कसैलाई साथ दिने सम्भावना पनि छ ।

महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइराला एक भएमा माहोल फरक हुन सक्छ । अर्जुननरसिंह केसी, डा. रामशरण महत देखि कल्याण गुरुङ समेतले साझा उम्मेदवार बनाउन सक्ने सम्भावना छ । सिटौलाको साथ कस्लाई होला ? यो पनि चासो बनेको छ । निधिले साथ लेलान् या देलान् ? शक्ति बाँडफाँडबाट यसको टुंगो लाग्न सक्छ ।

यसपटकको काँग्रेसको महाधिवेशनमा देउवालाई कस्ले मुख्य चुनौती दिने भन्ने चासो बनेको छ । पौडेलको पक्षमा सहमतिको सम्भावना छ तर सजिलो छैन । अन्तमा उनले कसैलाई साथ दिने सम्भावना पनि छ ।

महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइराला एक भएमा माहोल फरक हुन सक्छ । अर्जुननरसिंह केसी, डा. रामशरण महत देखि कल्याण गुरुङ समेतले साझा उम्मेदवार बनाउन सक्ने सम्भावना छ । सिटौलाको साथ कस्लाई होला ? यो पनि चासो बनेको छ । निधिले साथ लेलान् या देलान् ? शक्ति बाँडफाँडबाट यसको टुंगो लाग्न सक्छ ।

काँग्रेसमा वडा तहमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका रुपमा भन्दा पनि उनीहरु नजिकका नेता र कुनैपनि गुटमा जानसक्ने नेताहरु सक्रिय रहे । उनीहरु जतिसक्दो बढी प्रतिनिधि जिताउन लागे । देउवा पक्षको मत र पौडेल समूहको मत प्रतिनिधि तहमा आइपुग्दा खासंै अन्तर नभएको बुझिएको छ । काँग्रेसभित्र देउवा र पौडेल कुनैपनि समूहमा नरहेको गुटहरुको मत पनि उल्लेख्य बनिसकेको छ । अब निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयनले काँग्रेसमा कुन समूह प्रभावशाली रहेको तस्बिर देखिनेछ ।

अहिलेसम्मको काँग्रेसको चुनावी लहर हेर्दा देउवा पक्ष पहिलो नम्बरमा, पौडेल पक्ष दोस्रो नम्बरमा र त्यसपछि उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला क्रमशः तेस्रो र चौंथो स्थानमा रहेका छन् । तर, देउवालाई साथ दिइरहेका विजयकुमार गच्छेदारले पनि प्रतिनिधि चयनसम्म प्रभाव बनाउन सकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...