एमाले हराउने शक्ति नै छैन : घनश्याम भुसाल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाले जिम्मेवार भूमिकामा रहनु पर्ने भन्दै मात्तिने छुट नभएको बताएका छन् । अध्यक्ष केपी ओली उपस्थित रुपन्देहीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले एमालेको भूमिका जिम्मेवार हुनुपर्ने बताए । डेढ वर्षअघिको नेकपालाई सम्झिँदै भुसालले आज नेकपामात्र होइन एमालेसमेत विभाजित भएकोले लोकतान्त्रिक स्थिरता हुन्छ भन्ने जनताको विश्वासमा खेलवाड भएको बताए ।

भुसालले भने, ‘हामी आज हामी कहाँ छौं ? एमालेसमेत विभाजित भएको छ । डेढ वर्ष अगाडि हामी त्यहाँ थियौं आज यहाँ छौं । आज पनि एमाले सबै भन्दा ठूलो पार्टी भएकाले कमजोरी गर्ने र उत्ताउलो हुने छुट हामीलाई छैन ।’ एमालेले आफैंभित्र पनि हरबखत न्याय र समानता कायम गर्न सक्नु पर्ने भन्दै भुसालले आन्तरिकरूपमा लोकतान्त्रिक हुन नसके मुलुकको नेतृत्व गर्न नसक्ने बताए । जति बढी कार्यकर्तालाई न्याय र समानता दिन सक्छौं त्यति नै मुलुक र जनतालाई न्याय गर्न सकिने भन्दै भुसालले एमालेभित्र कुनै व्यक्तिको पदभन्दा पनि अधिकार मागिएको बताए ।

भुसालले गौतम बुद्धको पालाका लुम्बिनी क्षेत्रकै राजा अजात शत्रुले बज्जिकामाथि आक्रमण गर्नुभन्दा पहिले बुद्धसँग सल्लाह लिएको उदाहरण दिँदै बज्जिकाहरू एकजुट भएर शत्रुमाथि आक्रमण गर्ने र कसैले परास्त नगर्ने जानकारी पाएपछि आक्रमणबाट पछि हटेको कथा सुनाए ।

उनले भने, ‘बुद्धकै पालादेखि गणराज्यको कुरा थियो । बज्जिकाहरुमा आन्तरिक लोकतन्त्र भएकाले जस्तासुकै ठूला शक्तिलाई पनि झुकाए । हामी पनि आन्तरिक लोकतन्त्र बलियो बनाउँदै गयौं भने यो धर्तिमा, यो मुलुकमा एमालेलाई हराउने शक्ति छैन, हामी फेरि पनि २०७४ सालकै वर्चश्वमा फेरि पनि फर्काउँछौं । हामीले जान खोजेको त्यसरी नै हो ।’

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...