सोमप्रसाद पाण्डे एमाले मै, माधव नेपाल तनावमा



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको मुद्दामा अन्तिम फैसला नभएसम्म उनीहरु नेकपा एमालकै सांसदको हैसियतमा रहने सर्वोच्च अदालतले प्रष्ट पारेको छ । मंगलवार न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासको दिएको अन्तरिम आदेशको गलत ब्याख्या भएको भन्दै सर्वोच्च स्रोतले उनीहरुलाई नेकपा एसमा जान पाउँ भनी निवेदन दिएको आधारमा कुनै कारवाही नगर्नूमात्र भनिएको प्रष्ट पारेको छ ।

सर्वोच्चका एक उच्च अधिकारीले भने, ‘पाण्डे र भट्टले नेकपा एसमा जान पाउने र एमालेको दुई सिट घट्यो भन्ने ढंगले समाचार आएपछि श्रीमानहरु अचम्मित हुनुभयो । खासमा उनीहरुले निर्वाचन आयोगमा सनाखत गर्न पाउँ भनेको र अदालतमा मुद्दा दायर गरेको आधारमा सांसद पद जानेगरि कुनै कारवाही नहोस भनेर तत्काललाई आदेश दिएको हो ।’

भोलि फैसलामा उनीहरुले अर्को दल रोज्न दिएको निवेदन र सनाखत सही ठहरेमा यसबीचमै उनीहरुमाथि कारवाही भएर पदमुक्त गरिएको अवस्थामा उनीहरुको हक हनन् हुने भएकाले तत्काल एमालेबाट हुनसक्ने कारवाहीलाई मात्र रोकिएको सर्वोच्चले प्रष्ट पारेको छ । ती अधिकारीले भने–उनीहरु दुईजना एमालेकै सांसद हुन्,हिजोको आदेशले उनीहरु नेकपा एकीकृत समाजवादीका सांसद भए भन्ने जसरी प्रचार भयो त्यो होइन । तर एमालेले तत्काल उनीहरुमाथि कुनै कारवाही नगरोस् र त्यो कारवाहीका आधारमा पदमुक्त नहुन् भनिएको हो ।

सर्वोच्चले मंगलवार निवेदकहरु पाण्डे र भट्टले नेकपा एसमा आबद्ध हुने गरि भदौ ८ गते निर्वाचन आयोगमा निवेदन गरेको आधारमा उनीहरुको सो दलमा आबद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारवाही नगर्नू, नगरानू भनी मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...