अबको मुख्यमन्त्री मै हुँ : राजेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी) का बाग्मती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टमन्त्री शाक्यलाई दिएको समर्थन फिर्ता लिइसकेकाले अब तीन दलको साझा उम्मेदवारका रुपमा आफू अघि बढेको बताएका छन् । उनले मुख्यमन्त्री शाक्यसँग राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्ने बाहेक अरु विकल्प नभएको दाबी गरे ।
एक रेडियो कार्यक्रममा  कुरा गर्दै नेता पाण्डेले भने, “हामीले मुख्यमन्त्री अष्टमन्त्री शाक्यलाई दिएको समर्थन फिर्ता लिइसकेका छौं । हामीले समर्थन फिर्ता लिएपछि एमालेको एकल बहुमत घटेर ४३ जनामा झरेको छ । उहाँले राजीनामा नदिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्था छ । राजीनामा दिने या विश्वासको मत लिने उहाँको कुरा हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र हामी मिलेर साझा उम्मेदवार तय गर्छौं ।”
उनले गठबन्धनसँग ६० सांसद रहेको दाबी गरे । उनले भने, “हामी नेपाली कांग्रेसका २३, माओवादी केन्द्रका २३, एकीकृत समाजजादीका १३ र एक स्वतन्त्र सांसद गरी ६० जना पुग्छौैं । ५५ भए बहुमत पुग्छ । उहाँहरुको साना दल मिलाउँदा खेरि पनि बहुमत पुग्दैन । पाँच जना कहीँबाट पुर्याउन सक्ने अवस्था छैन ।”
विगतमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन आफू लागे पनि केपी ओलीको शरणमा परेकाले समर्थन फिर्ता लिएको पाण्डेले दाबी गरे । उनले थपे, “उहाँलाई मुख्यमन्त्री बनाउन हामीले निकै कोसिस गर्यौं । तर उहाँ पद प्राप्तिका लागि अचानक ओलीको शरणमा जानुभयो । उहाँ र हाम्रो पार्टी नै फरक परेकाले अब बोकेर हिँड्न सकिँदैन ।”
नेता पाण्डेले आफूले नेपाली कांग्रेसले धोका दिन्छ भन्ने सोच्दै नसोचेको पनि बताए । उनले भने, “हामी राष्ट्रिय गठबन्धनमा पनि छौं । केन्द्रीय गठबन्धनमा हाम्रै साथीहरुको समर्थनले शेरबहादुरजी प्रधानमन्त्री हुनुभएको छ । कांग्रेसले मुख्यमन्त्रीमा दाबी त गर्न पाउँछ तर त्यो अवस्था छ भन्ने हामीलाई लाग्दैन ।”
उनले केन्द्रीय गठबन्धनले कांग्रेस, माओवादी र समाजवादीलाई दुईदुई वटा प्रदेश र जसपालाई प्रदेश २ को मुख्यमन्त्री पाउने सहमति गरेकाले त्यसमा विवाद नभएको पनि बताए । उनले भने, “सहमति अनुसार बाग्मती र प्रदेश १ मा हामी नेतृत्व गर्छौं । लुम्बिनीमा माओवादीले छाडेर कांग्रेसलाई दिनेछ ।”
प्रदेशसभामा नेपाली कांग्रेसको दलको नेता इन्द्रबहादुर बानियाँसँग प्रशस्त कुराकानी भएकाले कुनै असमझदारी नभएको पनि उनले बताए । उनले भने, “हामीबीच कुराकानी भइरहेको छ । यसमा उहाँको कुनै आपत्ति छैन, बरु चाँडै गरौं भन्नुभएको छ । कांग्रेस र हामीबीच आलोपालोको कुरा भएको छैन । उपमुख्यमन्त्रीको कुरा पनि भएको छैन । आवश्यकता परे त्यो प्राक्टिस पनि गर्न सकिन्छ ।”

 

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...