शाक्यलाई हटाउने गठबन्धको तयारी, पाण्डे मुख्यमन्त्री बन्ने संकेत



हाम्रो इकोनोमि

 

 

 

नेकपा एकीकृत समाजवादीको वागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मुनु सिग्देल नियुक्त भएकी छन् । दलका नेता राजेन्द्र पाण्डेले उपनेतामा कृष्ण खनाल र सचेतक बसुन्धरा हुुमागाईलाई प्रस्ताव गरेका हुन् ।

सोमबार बसेको दलको बैठकले वागमतीमा एमालेको सरकार अल्पमतमा परेकाले गठबन्धन सरकार बनाउने निर्णय समेत गरेको छ ।
गठबन्धनमा सामेल भएका दलहरू कांग्रेस र माओवादी केन्द्रसँग समन्वय गर्नका लागि बैठकले पाण्डेलाई जिम्मा दिएको छ । पाण्डे मुख्यमन्त्रीका दाबेदार हुन् ।

नेकपा एसले ३ दलीय गठबन्धन सरकारको तर्फबाट गर्ने साझा न्यूनतम कार्यक्रम मस्यौदा गर्न माधव पौडेल,बसन्त मानन्धर,मीना ज्ञवाली र बसुन्धरा हुमागाईलाई जिम्मा दिएको छ ।

नेकपा एसले अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परिसिकेकोले नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । सो पाार्टीले बहुमत गुमाइसकेको सरकारलाई विकास निर्माणका कार्यक्रम स्वीकृत गर्न,निश्चित सर्तका आधारमा वितरण गर्ने गरी राखिएको अबण्डाका रकम निकास नगर्न समेत चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...