सुदूरपश्चिमको इन्चार्जबाट भीम रावल आउट



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने बताएका छन् । आज ओलीनिवास बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले भीम रावललाई उपाध्यक्षको हैसियतमा समन्वय गर्ने र भट्टले इन्चार्जको रुपमा काम गर्ने बताएका हुन् । अध्यक्ष ओलीले प्रदेशको अध्यक्ष कर्ण थापा नै रहने समेत बताए ।

यसअघि १० बुँदे सहमति कार्यान्वयन गर्न रावल भट्ट र थापालाई जिम्मेवारी दिइएको थियो । रावललाई उपाध्यक्षको हैसियतमा भट्टलाई प्रदेश इन्चार्जको हैसियतमा तथा थापालाई प्रदेशको अध्यक्षको हैसियतमा त्यो जिम्मेवारी तोकिएको ओलीले स्पष्ट पारेका थिए ।

‘जेठ २ कार्यान्वयनको लागि उपाध्यक्षको हैसियतमा तपाइंले संयोजनकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी हो’ अध्यक्ष ओलीले रावललाई भनेका थिए । छलफलमा रावलले भने आफू अन्यायमा परेको बताएका थिए । ‘सबै ठाउँमा जेठ २ कार्यान्वयन भयो सुदूरपश्चिममा मात्रै किन नहुने ?’ उनले ओलीलाई भनेका थिए ‘ममाथि अन्याय हुँदैछ । ’

रावललेको प्रश्नमा ओलीले जेठ २ हुबहु लागू हुन नसक्ने बताएका थिए । ‘एमाले जेठ २ पनि हो जेठ ३ पनि हो र फागुन २३ पनि हो’ ओलीको जवाफ उदृत गर्दै छलफलमा सहभागी एक नेताले भने संकटमा पार्टी जोगाउन भूमिका खेलेकाहरुमाथि अन्याय हुन दिन्नँ ।’ फागुन २३ गते भट्ट इन्चार्ज तोकिएका थिए ।

विगतमा तयार भएका कमिटी र तोकिएका जिम्मेवारीहरू पनि सबै हेरफेर हुन नसक्ने भन्दै ओलीले भनेका थिए ‘नेकपा एमालेले जुन कार्य विभाजन गरेर जिम्मेवारी तोकेको छ त्यो यथावत् रहन्छ ।’ रावलले ओलीको जवाफमा प्रतिउत्तर गर्दै माओवादी पृष्ठभूमिबारे पनि टिप्पणी गरेका थिए । बिहान ९ बजे देखी सुरु भएको छलफल करिब १२ बजे सकिएको थियो ।

उपाध्यक्ष रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरू सुवास नेम्वाङ तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई तथा लेखराज भट्टलाई ओली बालकोटमा बोलाएका थिए ।

छलफलका क्रममा सहभागी अन्य नेताहरूले पनि पार्टीलाई संकटमा साथ दिएकाहरूलाई उचित व्यवस्थापन हुनुपर्ने बताएका थिए । ‘आइतबार संसदीय दलको बैठकमा जानुपर्ने भएको हुँदा इन्चार्ज लेखराज नै कायम हुने भन्दै बैठक सकिएको हो तर, रावल यसमा सन्तुष्ट छैनन्’ छलफलमा सहभागी अर्का नेताले भने ‘यस बिषयमा फेरी छलफल गरेर सहमति गराइने बताइएको छ । ’

एमाले विवाद समाधान गर्न र विभाजन टार्न असार २७ मा ओली र माधव नेपाल समूहको १० सदस्यीय कार्यदलले १० बुँदे सहमति तयार गरेको थियो । नेपालले उक्त सहमति नमान्ने बताएपछि कार्यदलका सबै सदस्यहरू एमालेमै रहेका थिए भने माधव नेपालले नेकपा एकीकृत समाजवादी तयार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...