कांग्रेस–माओवादीमा पार्टी परित्याग गर्ने लहर, देउवा-प्रचण्ड तनावमा



हाम्रो इकोनोमि

 

 

भक्तपुरमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं युवाहरु एमालेमा प्रवेश गरेका छन् । शुक्रवार नेकपा एमाले मध्यपुर थिमी नगरपालिका वडा नं. १ वडा संगठन कमिटीले आयोजना गरेको राष्ट्रिय युवा संघ नेपालको मध्यपुर थिमी नगरपालिका वडा नं १ वडा कमिटी घोषणा तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र माओवादी केन्द्र परित्याग गरी ५५ जना एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले अविर तथा खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । नवप्रवेशीले कांग्रेस–माओवादीले जनताको आवाज र आवश्यकतालाई पुरा गर्न नसकेको आरोप लगाउँदै एमालेको विकल्प नभएकाले एमालेमा नै प्रवेश गरेको उल्लेख गरे । कांग्रेस–माओवादी देश र जनताको पक्षमा नभई विदेशीको इसारामा मुलुकलाई अस्थिरताको खाडमा डुवाउने खेलमा लागेकाले मुलुककको रक्षा तथा विकास र समृद्धिको यात्रालाई लक्षीत विन्दुमा पुर्याउन एमालेको विकल्प नभएको नवप्रवेशीले दावी गरे ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले एमाले नेपाली युवाहरुको एकमात्र पार्टी भएको उल्लेख गर्दै नवप्रवेशीले हिजो आशका भरमा राजनीति गर्नुपर्नेमा अव आफै नेतृत्व गर्ने ठाउँमा आएको बताउनुभयो । योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिई पार्टी तथा मुलुक निर्माणको अभियानमा लाग्न नवप्रवेशी तथा आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

निर्वाचन आउनै लागेको समयमा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नेता बस्नेतले कांग्रेस, माओवादी तथा माधव नेपालको पार्टीले भक्तपुरमा एमालेलाई चुनौति दिन नसक्ने समेत ठोकुवा गर्नुभयो । माओवादीले अघिल्लो निर्वाचनमा समेत एक वटा वडा समेत जित्न नसकेको स्मरण गराउँदै नेता बस्नेतले आगामी निर्वाचनमा भक्तपुरमा माओवादीको जमानत जफत हुने समेत दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...