असोज १५ देखि १७ सम्म एमालेको विधान महाधिवेशन हुने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । स्थायी कमिटीको आजको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सारेको हो । अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

करीव ३ हजार प्रतिनिधि रहने प्रस्ताव संगठन विभागले गरे पनि यसबीचमा एमालेको विधानमा नरहेका संरचनाहरु बनेकाले संविधानसँग मेल खानेगरि विधानमा बाधा अड्काउ फुकाउनुपर्ने भएको स्थायी कमिटी सदस्य विष्णु रिमालले बताए ।

२०७१ सालमा एमालेको नवौं महाधिवेशनले विधान संशोधन गर्दा अहिलेका प्रादेशिक र स्थानीय तहका संरचना थिएनन् । त्यस्तै त्यसबेलाका २४० निर्वाचन क्षेत्र घटेर अहिले १६५ मा झरेका छन् ।

राष्ट्रिय प्रतिनिधि परिषदको संख्या पनि सोही अनुसार मिलाउनु पर्ने र विधानको बाधा अड्काउ फुकाउने धारा अनुसार अघि बढ्नुपर्ने भएको उनले बताए । त्यसबेला अन्चल कमिटी थिए भने अब प्रदेश कमिटी बनेका छन् ।

राष्ट्रिय प्रतिनिधि परिषद सदस्यको टुंगो लागेपछिमात्र विधान संशोधन मस्यौदा र अन्य प्रतिवेदनमाथि छलफल अघि बढ्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...