असोज १५ देखि १७ सम्म एमालेको विधान महाधिवेशन हुने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । स्थायी कमिटीको आजको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सारेको हो । अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

करीव ३ हजार प्रतिनिधि रहने प्रस्ताव संगठन विभागले गरे पनि यसबीचमा एमालेको विधानमा नरहेका संरचनाहरु बनेकाले संविधानसँग मेल खानेगरि विधानमा बाधा अड्काउ फुकाउनुपर्ने भएको स्थायी कमिटी सदस्य विष्णु रिमालले बताए ।

२०७१ सालमा एमालेको नवौं महाधिवेशनले विधान संशोधन गर्दा अहिलेका प्रादेशिक र स्थानीय तहका संरचना थिएनन् । त्यस्तै त्यसबेलाका २४० निर्वाचन क्षेत्र घटेर अहिले १६५ मा झरेका छन् ।

राष्ट्रिय प्रतिनिधि परिषदको संख्या पनि सोही अनुसार मिलाउनु पर्ने र विधानको बाधा अड्काउ फुकाउने धारा अनुसार अघि बढ्नुपर्ने भएको उनले बताए । त्यसबेला अन्चल कमिटी थिए भने अब प्रदेश कमिटी बनेका छन् ।

राष्ट्रिय प्रतिनिधि परिषद सदस्यको टुंगो लागेपछिमात्र विधान संशोधन मस्यौदा र अन्य प्रतिवेदनमाथि छलफल अघि बढ्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...