एमसीसी सम्झौता खारेजीको माग गर्दै मोटरसाईकल र्याली



हाम्रो इकोनोमि

 

 

आईटी आर्मीले एमसीसी सम्झौता खारेजीको माग गर्दै पर्साको वीरगंजमा मोटरसाईकल रयाली सहित प्रदर्शन गरेका छन् । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रिय हित विपरीत रहेकोले फिर्ता गर्नुपर्ने माग गर्दै आज शनिवार नाराबाजीसहित आईटी आर्मीले मोटरसाईकल र्याली निकालेको हो ।
आईटी आर्मी पर्सा जिल्ला कमिटीको नेतृत्वमा मुलुकको आर्थिक राजधानी मानिने वीरगंजमा युवाहरुले प्रदर्शन गरेका हुन् । ‘देश बेच्न पाईदैन एमसीसी चाहिदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर राष्ट्रघाती एमसीसी फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद राष्ट्रघाती एमसीसी मुर्दाबाद, स्वतन्त्रता हनन गर्न पाईदैन कठपुतली सरकार चाहिदैन, गो ब्याक एमसीसी, रेजेक्ट एमसीसी’ लगायत विभिन्न नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।
आजै सम्पन्न आईटी आर्मीको वीरगंज महानगर भेलाले महम्मद रेहान ईब्राहिमको संयोजकत्व तथा मखन पटेलको सह-संयोजकत्वमा महानगर कमिटी गठन चयन गरिएको छ । कार्यक्रममा संविधानसभा सदस्य ईश्लाम हवारी, पूर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, युवा नेता पवन तिवारी, आईटी आर्मी पर्साका संयोजक सन्तोष पटेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...