देश बेच्न पाईदैन, एमसीसी चाहिदैन भन्दै रौतहटमा बिशाल प्रदर्शन



हाम्रो इकोनोमि

 

 

आईटी आर्मीले एमसीसी सम्झौता खारेजीको माग गर्दै रौतहटको चन्द्रपुरमा प्रदर्शन गरेको छ । मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने भन्दै आज नाराबाजीसहित आईटी आर्मीले विशाल प्रदर्शन गरेको हो । आईटी आर्मीको जिल्ला संयोजक नरेश साह तुरहाको नेतृत्वमा चन्द्रपुर नगर कमिटीले पूर्व(पश्चिम राजमार्गमा युवाहरुले नाराबाजी गरेका हुन् ।

देश बेच्न पाईदैन एमसीसी चाहिदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर राष्ट्रघाती एमसीसी फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद राष्ट्रघाती एमसीसी मुर्दाबाद, स्वतन्त्रता हनन गर्न पाईदैन कठपुतली सरकार चाहिदैन, गो ब्याक एमसीसी, रेजेक्ट एमसीसीु लगायत विभिन्न नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।

मुलुकमा अस्थिरता पैदा गरी द्वन्द्वको अखाडा बनाउने उद्देश्यका साथ विदेशी हितमा एमसीसी सम्झौता भएको र सत्ताधारी गठबन्धन र कठपुतली सरकारले सदनबाट पास गर्न खोजेकोले खबरदारी गर्न प्रदर्शन गरेको आईटी आर्मीको जिल्ला संयोकज साहले बताए । राष्ट्रिय हित विपरित सम्झौता सदनबाट पास गर्न दुस्साहस भएको खण्डमा देशमा अझ सशक्त आन्दोलन हुने उनीहरुको चेतावनी रहेको छ । आजै आईटी आर्मीको चन्द्रपुर नगर कमिटीको प्रथम भेला भई झरना आचार्यको नेतृत्वमा नगर कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...