सभामुख माओवादी गुरिल्लाका रूपमा प्रस्तुत भए : एमाले



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख निरंकुश र एकपक्षीय ढंगले चलेको भन्दै कुनै पनि बेला संसदमा अप्रिय घटना हुने चेतावनी दिएको छ ।

शुक्रबार दोस्रोपटक एमालेको अवरोधका बीच सदनको कारवाही अघि बढाएर १५ मिनेट स्थगन गरेका सभामुखले प्रमुख विपक्षसँग छलफल गरेका छैनन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखका कारण अप्रिय घटना हुन सक्ने चेतावनी दिए ।

भट्टराईले भने, ‘सभामुखमा जनयुद्धकालीन गुरिल्लाको अनुहार प्रकट भएको छ । प्रतिपक्षसँग परामर्श नगरी एकलौटी ढंगले माओवादी कार्यकर्ताको भूमिकामा प्रस्तुत हुने हो भने कुनै पनि बेला अप्रिय घटना हुन सक्छ ।’

उनले एमालेको विरोध यथावत रहेको बताए । कानूनविपरीत सभामुखले एमाले विभाजनमा भूमिका खेलेको भन्दै यसले संसदको बाँकी अवधि सहज नहुने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...