वागमती प्रदेश सरकारमा १० मन्त्री नियुक्त, (नामसहित)



हाम्रो इकोनोमि

 

 

 

वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्दै १० जना प्रदेशसभा सदस्यलाई सरकारमा सामेल गरेकी छन् । एमाले विभाजनपछि अल्पमतमा परेकी शाक्यले विभाजनमा माधव नेपालको साथ छाडेकालाई समेत समेटेर सरकार विस्तार गरेकी हुन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको सपथग्रहण आजै दिउँसो २ बजे हुने बताइएको छ । अहिले सरकारमा मुख्यमन्त्री शाक्य र मन्त्री केशव पाण्डेमात्र छन् । शाक्यले पार्टी विभाजनपछिको अवस्थामा संविधानबमोजिम संसद फेस गर्ने प्रमुख सचेतक दीपक निरौलाले बताए । थपिएकामध्ये बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठ र जीवन खड्का राज्यमन्त्री हुन् ।

 

आज मन्त्री र राज्यमन्त्रीमा थपिनेहरू यस प्रकार छन् :-

१. अजय क्रान्ति शाक्य, काठमाडौं

२. चन्द्र लामा, काभ्रेपलान्चोक

३. रचना खड्का, दोलखा

४. शान्तिप्रसाद पौडेल, रामेछाप

५. प्रदीप कटुवाल, सिन्धुली

६. विजय सुवेदी, चितवन

७. सरस्वती बाटी, भक्तपुर

८. बद्री मैनाली, नुवाकोट

९. जुनेली श्रेष्ठ, मकवानपुर

१०. जीवन खड्का, ललितपुर

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...