एकीकृत समाजवादी जनतामा पुग्दा कन्तविजोग, कस्तो छ जिल्लाको स्थिति ? (हेर्नुहोस् सूची)



हाम्रो इकोनोमि

 

 

सरकारले पार्टी पुटाउन सजिलो हुने अध्यादेश ल्याएपछि एमाले टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीको जनतामा पुग्दा कन्तविजोग देखिएको छ । अध्यादेशले दिएको प्रदेश र स्थानीय तहमा दल रोज्न पाउने समय सकिएपछि एकीकृत समाजवादीमा उत्साहजनक उपस्थिति देखिएन ।

नेकपा एमालेका युवा नेता एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार, समाजवादीको माथिमाथि फुकेको र तलतल सुकेको छाता आकारको स्थिति बनेको छ । सो पार्टीको मतदाताको तहमा पुग्दा २–४ प्रतिशत भन्दा बढी क्षति नहुने निश्चित प्रायः भएको थापाको विश्लेषण छ ।

थापाका अनुसार मुख्यतः गुटबन्दी र विभाजनमा पहिल्यैदेखि लागेका, नवौं महाधिवेशनदेखि नै चर्को रूपमा प्यानलबन्दीमा माधव नेपालको पक्षमा उभिएर सक्रिय रहेका, समावेशी प्रतिनिधित्वअन्तर्गत दलित, जनजाति र अल्पसंयक समुदायबाट चुनिएका तथा मनोनित सदस्यहरूको संख्या सनाखतमा जानेमा बढी रहेको छ ।

मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षहरूको संख्या त पार्टी छाड्ने अत्यन्त न्यून रहेको छ, त्यसमा पनि उपमेयर र उपाध्यक्ष तुलनात्मक मेयर र अध्यक्षभन्दा केही बढी रहेको थापाले जनाएका छन् ।

 

 

उनका अनुसार ’कोर’ राजनीतिक कार्यकर्ता र ग्रास रूटका आधारका रूपमा क्रियाशील जनप्रतिनिधिको अधिक हिस्सा नेकपा एमाले र सूर्य चिन्हको पक्षमा नै दृढ रहेको पाइएको छ ।

यस्तो छ समाजवादीमा सनाखत गर्ने ७७ जिल्लाका स्थानीय जनप्रतिनिधि संख्याः

प्रदेश १ः

झापा–७
इलाम–५८
पाँचथर–११
ताप्लेजुङ–२१
मोरङ–८
सुनसरी–६
धनकुटा–८
तेह्रथुम–२
भोजपुर–६
उदयपुर–२८
ओखलढुंगा–१
संखुवासभा–१५
खोटाङ–११
सोलुखुम्बु–०

प्रदेश २ः

सप्तरी–२९
सिरहा–७१
सर्लाही–४८
महोत्तरी–७
धनुषा–४८
बारा–३२
पर्सा– ५
रौतहट–८४

वागमती प्रदेशः

मकवानपुर–३९
चितवन–२९
काठमाडौं–५१
ललितपुर–२८
भक्तपुर–१
काभ्रे–५६
सिन्धुपाल्चोक–२
दोलखा–६
रामेछाप–५
सिन्धुली–१
धादिङ–७५
नुवाकोट–०
रसुवा–०

गण्डकी प्रदेशः

गोरखा–३
लमजुङ–०
मनाङ–०
मुस्ताङ–०
म्याग्दी–३
बाग्लुङ–४
पर्वत–२
स्याङ्जा–७
कास्की–४
तनहुँ–१३
नवलपुर(सुस्तापूर्व)–०

लुम्बिनी प्रदेशः

परासी(सुस्तापश्चिम)–१
रूपन्देही–७
कपिलवस्तु–१
दाङ–२१
बाँके–११
बर्दिया–८
पाल्पा–१
गुल्मी–०
अर्घाखाँची–६
प्यूठान–७
रोल्पा–५
रूकुम पूर्व–५

कर्णाली प्रदेशः

रूकुम पश्चिम–३
सल्यान–७६
जाजरकोट–१०
सुर्खेत–१५
दैलेख–६२
कालिकोट–६५
जुम्ला–४४
मुगु–२०
डोल्पा–४१
हुम्ला–५

सुदूरपश्चिम प्रदेशः

कैलाली–६५
कञ्चनपुर–५१
डोटी–३
अछाम–२७
बझाङ–२५
बाजुरा–५
डडेलधुरा–२
बैतडी–२३
दार्चुला–२

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...