माधवजी पार्टीमा फर्कनुस्, क्षमदान गर्छौं – नेता पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको बताउनुभएको छ । मंगलबार पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै पाण्डेले नेपाल समूह फर्किए अझै पनि क्षमादान दिने बताउनुभयो । पार्टीलाई मिलाउन कार्यदल निरन्तर लागिरहेको भए पनि नेपाल समूह छाडेर गएको पाण्डेको भनाइ थियो ।

‘केही सुखद केही दुःखद् स्थितिमा हामी छौं । पार्टीलाई एकतावद्ध बनाउने टिममा पनि थिएँ । माधव नेपाल समूह छाडेर गयो, अन्तिमसम्म पनि नजानुस्, यहीं बस्नुस् यही हो हाम्रो घर हो भन्यौं तर छोडेर जानुभयो,’ पाण्डेले भन्नुभयो । केहीले कार्यदलका नेताले नेपाल समूहलाई छोडेर धोका दिएको भन्ने गरेको भन्दै नेता पाण्डेले धोका आफूहरुले होइन, नेपालहरुले धोका दिएको बताउनुभयो। ‘तपाईंहरुले पार्टी फुटाएर धोका दिएर जानुभयो, हामी अन्तिमसम्म पनि मिलाउने अभियानमै थियौं । अनेक चरणमा वार्ता गर्दै गयौं,’ पाण्डेले भन्नुभयो, ‘६ बुँदे सहमतिको आधार तयार पारेको, त्यसैको आधारमा १० बुँदे सहमति भयो ।

तर, हाम्रो प्रयास आंशिक सफल भयो आंशिक असफल भयो ।’२०५४ सालमा शक्ति आर्जन गर्न भन्दै वामदेव गौतमजीले पार्टी फुटाएको र २०५८ सालमा फेरि पार्टी एकता गर्दै महसुस गरेको पाण्डेले बताउनुभयो । ‘२०५८ मा एकता गर्दै वामदेवजीले भन्नुभएको थियो, विभाजन गरेर शक्ति बढ्ने होइन रहेछ, मैले गल्ती गरेछु भनेको मैले सम्झिरहेको छु ।’ नेपालले पनि पार्टी विभाजन गरी नोक्सानको बाटो समाएको उहाँको भनाइ थियो । ‘उहाँले शक्ति क्षय गर्ने र कमजोर बनाउने बाटोमा लाग्नुभयो । त्यसैले फर्कनुस् भन्न चाहन्छु,’ पाण्डेले अगाडि भने, ‘गल्ती त गरिसक्नुभयो, पार्टी हो फर्कनुस्, क्षमदान गर्छौं ।’

पार्टी मिलाउन १० सदस्यीय कार्यदलले निकै दुःख गरेको र भित्री बाहिरी धेरै छलफल भएको पाण्डेको भनाइ छ । साउनको पहिलो हप्ता पार्टी मिल्यो भन्ने स्थितिमा पुगेको तर फेरि भाँडिदै पार्टी विभाजन भएर जाने अवस्थामा पुगेको उहाँले बताउनुभयो । कार्यकर्ताले झगडा तिमीहरुले गर्ने दुःख हामीले पाउने भनेर भन्ने गरेको भन्दै पाण्डेले त्यो आफूले स्वीकार्ने पाण्डेको भनाइ थियो । विश्वको इतिहासमा नेताहरुको झगडाले ठूला नोक्सानी व्यहोर्नु परेको पाण्डेले भन्नुभयो ।

पार्टी विभाजनमा देश विदेशका शक्तिको पनि खेल भएको बताउँदै पाण्डेले गल्ती उहाँँहरुको नभएर आफूहरुकै भएको पाण्डेले बताउनुभयो । ‘कांग्रेस झगडा गर्छ फुट्दैन, कम्युनिष्ट झगडा पनि गर्छौं र फुट्छौं पनि,’ उहाँले अगाडि भन्नुभयो , ‘आज पार्टी सम्हालौं र एउटा बिन्दुमा गएर समीक्षा गरौंला ।’देशैभरिको स्थिति हेर्दा ५ देखि १० प्रतिशतमात्र एमालेलाई नोक्सानी हुने पाण्डेले बताउनुभयो । आउँदो चुनावमा कास्कीमा एमालेले रचेको इतिहास कायम गर्न लाग्न पाण्डेले आग्रह समेत गर्नुभयो । नेकपा एमाले छिन्नभिन्न पार्ने बीचमा माओवादीलाई ल्याएर प्रयास भएको र त्यो अहिले असफल भएको पाण्डेको भनाइ थियो । एमाले कुनै पनि हालतमा छिन्नभिन्न नहुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
दाङमा रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

  दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएका छन् । तुलसीपुर एमाले...

रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...