क्रान्तिकारीहरु एक ठाउँमा उभिनुपर्छ : प्रभु साह



हाम्रो इकोनोमि

 

 

अहिले नेपाली राजनीतिक वृतमा चर्चामा रह्ने व्यक्ति हुन् पूर्वमन्त्री प्रभु साह । तत्कालीन नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता प्रभु साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश २ अध्यक्षको रुपमा सक्रिय थिए । । जब नेकपा दुई चिरामा विभाजित भयो, त्यसपछि माओवादी पक्षबाट आएका उनले केपी ओलीलाई साथ दिदै मन्त्री समेत बनेका थिए । तर सर्वोच्च अदालतको फैसला पश्चात एमाले ब्युतेपछी यथास्थितिवादी भन्दै एमालेलाई स्वीकार नगरी अहिले उनी क्रान्तिकारीहरुको ध्रुवीकरणमा लागेका हुन् । नेकपा विघटन भएदेखि नै पूर्वमन्त्री साहले नेकपा एमाले नभई नेकपाकै निरन्तरताको रुपमा अगाडि बढ्नुपर्ने, माओवादी पक्षलाई सहअस्तित्वको रुपमा स्वीकार्नुपर्ने, नेकपाले अवलम्बन गरेकै विचारलाई पार्टीको विचार मान्नुपर्नेजस्ता मागहरु राखेर यथास्थितिमा एमाले स्वीकार्न नसक्ने स्पष्ट पारिसकेका छन् ।

तर अध्यक्ष ओली भने यथास्थितिमै बस्न खोजेको आरोप राजनीतिक वृत्तमा लागिरहेको बेला पूर्वमन्त्री साह क्रान्तिकारीहरुको ध्रुवीकरण गर्दै देशलाई स्थायित्व दिने दिशामा अगाडि बढेका छन् । नेकपा हुँदा देखि नै पार्टी एकता जोगाउन लगातार अग्रभुमिकामा रहेका पूर्वमन्त्री साहले अहिले क्रान्तिकारी ध्रुवीकरणमा केन्द्रित भएको उनी निकट एक नेताले बताए । उहाँ लगातार कम्युनिष्ट एकताका लागि लड्दै आउनुभएको नेता हो । माओवादीमा हुँदा होस् चाहे नेकपामा उहाँ निरन्तर पार्टी एकताको स्पिरिटमा काम गर्नुभएको तपाई हामी सबैले देखेका हौँ ।

सबै नेताहरु पदकै लागि एकता भाँडिरहेको बेला उहाँले प्रदेश अध्यक्षबाट राजिनामा समेत दिनुभएको थियो’ ती नेताले भने, ‘देशमा राजनीतिक संकट गहिरिदै गएको र उपलब्धि गुम्ने खतरा बढदै गएकोले क्रान्तिकारीहरुको ध्रुवीकरण आजको आवश्यकता बनेको छ । र उहाँ अहिले त्यही दिशामा केन्द्रित हुनुभएको छ ।’ तर नेकपा एमालेले भने पूर्वमन्त्री साहको एकता अभियानलाई सहज रुपमा लिएको छैन । एमालेका एक स्थायी कमिटी सदस्यले पूर्वमन्त्री साहले पार्टी छोडेर जादा पनि आफुहरुलाई फरक नपर्ने बताए । पूर्वमन्त्री साहले अहिलेसम्म एमाले नस्वीकारेकोले उनको अभियान व्यक्तिगत भएको ती स्थायी कमिटी सदस्यले जीकिर गरे ।

‘अदालतले हामीलाई एमाले बन्न भन्यो हामी बन्यौँ । कसैलाई एमालेमा बस्न मन लागेन भने पार्टी छोडे पनि हामीलाई केही फरक पर्दैन्’ ती सदस्यले भने, ‘जहाँसम्म तपाईले सोधेको विषयमा भन्नुपर्दा उहाँले अहिलेसम्म एमाले स्वीकारेकै होइन । उहाँले जेसुकै गरे त्यो उहाँको नितान्त व्यक्तिगत विषय हो । विगतदेखि नै पूर्वमन्त्री साहले मुख्यतः वर्तमान राजनीतिक किचलो र अस्थिरता हटाउन क्रान्तिकारीहरु एक ठाउँमा उभिन आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
दाङमा रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

  दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएका छन् । तुलसीपुर एमाले...

रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...