एमसीसीको बिरोध गर्नेमाथि देउवाको भाँटे कारबाही



हाम्रो इकोनोमि

 

 

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को बिरोध गनेहरूमाथि प्रहरी प्रशासनले धरकपकड शुरु गरेको छ । एमसीसीकी उपाध्यक्ष फातिमा सुमिराको नेपाल भ्रमण हुन लागेको दिन सरकारले एमसीसीको बिरोध गर्नेहरूलाई ठाउँको ठाउँ पक्रन आदेश दिएपछि काठमाडौंमा सादा पोशाकका प्रहरी व्यापक रुपमा परिचालन गरिएको हो ।

काठमाडौं आउन लागेकी फातिमाको विमानस्थलदेखि बिरोध गर्न विभिन्न राजनीतिक दल तथा समूहले सर्वसाधारणलाई आग्रह गरेका छन् । कतिपयले एमसीसी टोलीमाथि गुलेली प्रहार गर्न समेत आह्वान गरेपछि प्रहरी प्रशासन कठोर ढंगले अघि बढ्न खोजेको बताइएको छ ।

एमसीसीको चर्को बिरोध गर्ने दल तथा समूहहरू हालसम्म दुई दर्जनभन्दा बढी पुगेका छन् । जसमा स्वागत नेपालको उन्नत लोकतन्त्र पार्टी,ज्ञानेन्द्र शाहीको हाम्रो नेपाल हामी नेपाली रहेका छन् ।

 

 

त्यसैगरी नेकपा (मसाल),नेकपा (क्रान्तिकारी,माओवादी),नेकपा (माले),राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल,नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी–केन्द्र),राष्ट्रिय जागरण मञ्च,जनसमाजवादी पार्टी नेपाल,नेकपा (संयुक्त) ले पनि बिरोध जनाएका छन् ।

राष्ट्रिय जागरण परिषद् नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेकपा (बोल्सेविक), राष्ट्रवादी केन्द्र नेपाल,पुष्पलाल अध्ययन समाज,सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल), नेकपा (माओवादी) ले पनि एमसीसीको बिरोध गर्दै आएका छन् ।

बिरोध गर्ने अन्य दल तथा समूहमा समाजवादी राष्ट्रिय मञ्च नेपाल, नेपालका लागि नेपाली पार्टी, मधेशी जनअधिकार फोरम, राष्ट्रिय जागरण परिषद्,एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समिति,अनेमसंघ क्रान्तिकारी, विश्व हिन्दू महासंघ,जनसेवक नेपाल र एमसीसी खारेज अभियान रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...