नेकपा एकीकृत समाजवादीद्वारा जिम्मेवारी बाँडफाँड



हाम्रो इकोनोमि

 

 

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी पूर्ण नभएसम्मका लागि जिम्मेवारी बाँडफाँड गरिएको बताइएको छ ।

जसअन्तर्गत पार्टीले स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको हो । सो पार्टीले अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहित पहिले नेकपाको स्थायी कमिटीमा रहेकाहरुलाई नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीमा राखेको हो । स्थायी कमिटीमा नेपाल र खनालसहित मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल छन् ।

त्यस्तै, पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको छ भने केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तुलाधरले पाएका छन् ।

उता प्रदेश १ को इञ्चाज घनेन्द्र बस्नेत, प्रदेश २ इञ्चार्ज धर्मनाथ साह र बागमती प्रदेश इञ्चार्जमा केदार न्यौपाने तोकिएका छन् । त्यस्तै, गण्डकी प्रदेश इञ्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्जमा भागवत विश्वासी र कर्णाली प्रदेश इञ्चार्जमा प्रकाश ज्वाला रहेका छन् । सुदूरपश्चिम प्रदेश इञ्चार्ज भने तोकिएको छैन ।

उपत्यका विशेष प्रदेश इञ्चार्जमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ, मोर्चा इञ्चार्ज डा. विजय पौडेल चयन भएका छन् । डा. विजय पौडेलले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाउँदा श्रीप्रसाद शाहलाई प्रवास क्षेत्रको जिम्मा दिइएको छ ।

अदालत र निर्चाचन आयोग सम्बन्धी जिम्मा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ । संसदीय कामको जिम्मेवारी भने विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...