एमसीसी आएमा अमेरिकाले नेपाललाई उपनिवेश बनाउँछ : भीम रावल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनामार्फत अमेरिकाले नेपाललाई उपनिवेश बनाउन खोजेको बताएका छन् । गृह जिल्ला अछामका एमाले कार्यकर्ताहरुसँग शनिबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा सम्बोधनका क्रममा रावलले यस्तो बताएका हुन् । उनले नेपालको संविधानभन्दा माथि राखेर गरिएको एमसीसीको सम्झौता एकदमै घातक रहेको पनि बताएका छन् ।

‘नेपाल अहिलेसम्म कसैको उपनिवेश बनेको छैन । बेलायतको समेत नेपाल उपनिवेश बनेको थिएन’, उनले भने, ‘तर नेपाललाई अमेरिकाले एमसीसीमार्फत उपनिवेश बनाउँछ ।’

उनले हरेक नेपालीले एमसीसीका प्रावधान अध्ययन गर्नुपर्ने बताए । ‘एमसीसीका प्रावधान अध्ययन गर्नुस्’, त्यहाँका हरेक बुँदाले नेपालको स्वाभिमानमाथि प्रश्न उठाएका छन्’, उनले भने, ‘एमसीसी आएमा अमेरिकाले नेपाललाई उसको सैन्य अखडा बनाउँछ ।   त्यसैले यसलाई कुनै हालतमा पास हुन दिनु हुँदैन ।’

 

‘यो सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन’

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको बताएका छन् । रावलले ५० दिनसम्म पनि सरकार विस्तार नगर्नु प्रधानमन्त्री देउवाको अयोग्यताको सूचक रहेको पनि बताए । ‘५० दिनसम्म सरकार विस्तार नगर्ने यो अयोग्यता हो । यो कुनै स्वाधीन देशको सरकार हुनै सक्दैन’, उनले भने, ’यो सरकारका गतिविधि स्वाभिमानी कुनै देशभक्त नागरिकलाई मान्य हुँदैन ।’

उनले नेपाली युवालाई तुइनबाट काटेर महाकालीमा फ्याँकेको घटनामा भारतसँग सोधीखोजी गर्न नसक्ने यो सरकारले जनताको प्रतिनिधित्व नगर्ने पनि बताए । ‘भारतीय सुरक्षाकर्मीको संलग्नतामा भएको नेपाली नागरिको हत्याबारे कुनै स्वाभिमानी देशको सरकारले त्यस्तो प्रतिवेदन ल्याउँछ ?’, उनले भने, ‘भारतीय सुरक्षाकर्मीको उपस्थिति मात्रै भनेर के गर्न खोजेको सरकारले ? यो सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार छैन ।’

प्रतिक्रिया दिनुहोस
तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...

मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

    तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह...

९६ प्रतिशत सकियो धान रोपाइँ

    देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ...

कांग्रेस असन्तुष्ट समूहले देउवासहितको राष्ट्रिय भेला गर्ने

    सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा पुनरावलोकन गर्ने अनुमति दिएसँगै पूर्वसभापति शेरबहादुर...