अब मेलम्ची ल्याउन एमाले नै चाहिन्छ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले मेलम्चीको पानी काठमाडौं ल्याउन नसक्ने दावी गरेका छन् । शनिबार एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेबाहेक अरुले मेलम्चीको पानी ल्याउन नसक्ने बताए ।

मेलम्चीमा बाढीले क्षति गरिसकेपछि पनि आफू नेतृत्वको सरकारले आउँदो वैशाखसम्म पानी ल्याउने तयारी गरेको भन्दै ओलीले यो सरकारले वैशाखमा पानी ल्याउन नसक्ने जिकिर गरे । उनले भने ‘चुनावपछि एमाले जितेर आउँछ र मेलम्ची ल्याउँछ । एमाले चाहिन्छ मेलम्ची ल्याउन अरुले ल्याउन सक्ने छैन ।’ आफू नेतृत्वको सरकारले मेलम्ची जाने सडक मर्मतमा बजेट विनियोजन गरेको तर अहिलेको सरकारले काटेको ओलीले दावी गरे ।

देउवा र प्रचण्डलाई ओलीको प्रश्न : एमसीसी के गर्ने हो ?

 

ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेका छन् । शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा सम्बोधन गर्दै उनले एमसीसीबारे देउवा र प्रचण्डको धारणा के हो भनी प्रश्न गएमसीसी झुक्याएर पास गर्न खोजिएको भन्दै ओलीले यसबारे गठबन्धनका नेताले केही नभनेको भन्दै आक्रोश पोखे ।

‘यिनै मान्छेहरु हुन् । कांग्रेस र माओवादी भएका बेला एमसीसी गरे, अहिले एमसीसी… बोल्दैनन् । झुक्याएर पास गर्न खोजेका होलान्’ ओलीले भने, ‘बोल्दैनन्, के गर्ने हो भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी अहिले के गर्छन् भन्नुपर्दैन ? शेरबहादुर देउवाजीले भन्नुपर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? हिजो साइन गर्नुभएको थियो, के गर्ने एमसीसी ? उहाँहरु चुपचाप ।’

‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाउनुपर्‍यो’ उनले भने ‘मेरो चुनौती छ यो समितिले कुनै ठाउँमा सीमा विवाद देखाओस् ।’

सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस
दाङमा रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

  दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएका छन् । तुलसीपुर एमाले...

रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...