देउवाले राष्ट्रघाती सम्झौता गर्न लागेको भीम रावलको आरोप



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीसँग देउवाले राष्ट्रघाती सम्झौता गर्ने तयारी गरेको खुलासा गरेका छन । ट्वीट मार्फत उपाध्यक्ष रावलले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको उल्लेख गरेका छन ।

हरेक जनताले एमसीसीकाे बारेमा जानकारी पाउने गरी बहसको सर्जना गरेका उपाध्यक्ष रावलले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई देउवाले राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र गरेको बताए । देउवाले एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमरलाइ निमन्त्रणा दिएर नेपाल बोलाएका छन ।

उपाध्यक्ष रावलले भनेका छन, ‘नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ । सरकार जनअनुमोदित होइन । देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...