माधव नेपाल र उपेन्द्रको पार्टी फेरि फुट्ने संकेत



हाम्रो इकोनोमि

 

 

राजनीतिक दल विभाजन सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेश अझै निष्कृय भएको छैन । अध्यादेशले अहिलेसम्म नेकपा एमाले र जनता समाजवादी विभाजित भएका छन् । अध्यादेश अझै २२ भदौ यता निष्कृय नहुने निश्चित छ । उक्त दिनसम्म फुटेका दलहरुभित्र प्रदेश सभा सांसद र स्थानीय निकायका जनप्रतिनिधिलाई दल रोज्ने समय तोकिएको छ । त्यसपछि अध्यादेश निष्कृय बनाउने रणनीति बनाइएको छ ।

२२ भदौयता फुटेका र फुटबाट बनेका दलहरुले मन्त्रिपरिषद विस्तार रोक्न लगाएका छन् । त्यसकारण पनि प्रधानमन्त्री शेरबहादुर देउवा रोकिएका छन् । मन्त्रिमण्डल विस्तार तत्काल गरे असन्तुष्टहरुले फेरि दल फुटाउने सम्भावना बढ्छ । विशेषगरी २३ प्रतिनिधि सभा सांसद रहेको नेकपा एस र १९ सांसद रहेको जसपा फुट्ने सम्भावना रहन्छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले २२ भदौयता मन्त्रिपरिषद विस्तारबारे कसैले चुँइक्क सम्म नगर्ने बताइसकेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवको पनि त्यही चाहना छ । त्यसैले मन्त्रिपरिषद विस्तार गर्न खोज्दा संख्या र मन्त्रालयबारे माधव नेपाल र उपेन्द्र यादवले विवाद झिकेका थिए । यो दुवैको रणनीतिका रुपमा लिइएको छ ।

जसपाका १९ सांसदमध्ये १८ जना मन्त्रीका आकांक्षी छन् । अधिकतम ४ मन्त्री पाउने जसपालाई सबैभन्दा सांसद व्यवस्थापनको चुनौती छ । असन्तुष्टि बढिहालेमा जसपा अर्को दुर्घटनामा पर्न सक्छ ।

अध्यादेश सक्रिय भइरहे नेपाली काँग्रेसलाई पनि डर छ । महाधिवेशनको पूर्वसन्ध्यामा रहेको काँग्रेसमा एक्कासी बढ्न सक्ने असन्तुष्टिले दुर्घटना निम्त्याउन सक्छ । ६१ सांसद रहेको काँग्रेस अध्यादेश अनुसार १२ सांसदले नै विभाजन गर्न सक्छन् । ४९ सांसद रहेको माओवादी १० सांसदले फुटाउन सक्छन् । २३ सांसद रहेको नेकपा एस ५ सांसदले फुटाउन सक्छन् । १९ सांसद भएको जसपा ४ सांसदले फुटाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...