मन्त्रीपरिषद विस्तार गर्दै देउवा, मन्त्रीमा क–कसको चर्चा ?



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २२ गतेपछि मात्रै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । देउवाले जसपा र एमालेबाट विभाजन भएका दलहरूको आग्रहमा देउवाले भदौ २२ गतेसम्मका लागि मन्त्रिपरिषद विस्तारको कामलाई थाँती राखेका हुन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीमा रहने सांसद र स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी रोजेपछि मन्त्रिपरिषद विस्तार हुनेछ ।

प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी अध्यादेशलाई पनि निस्क्रिय बनाउने पक्षमा छन् । भदौ २२ गतेपछि दल विभाजनसम्बन्धी अध्यादेश निस्क्रिय हुनेछ । माधव नेपाल समूहले सांसदहरू व्यवस्थापनका लागि धेरै मन्त्रालय माग गरेको चर्चा छ । उपेन्द्र यादवले पनि धेरै मन्त्री मागेका छन् । कांग्रेस र माओवादीले सांसदको अनुपातमा मन्त्री बाँडफाँट गर्नुपर्ने पक्षमा छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट प्रेम आले, विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, बेदुराम भुसालको नाम मन्त्री बन्ने चर्चामा छ । जसपाबाट महिन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव, मोहम्मद ईस्तियाक राईन, रेणु यादवलगायतको नाम चर्चामा छ । उपेन्द्र यादवले पनि मन्त्री बन्ने रहर गरेको चर्चा छ । तर, अध्यक्ष यादवले यस पटक आफू मन्त्री नबनेर अरुलाई मन्त्री बनाउने र पार्टीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।

कांग्रेसबाट सुजाता कोइराला, मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी, राजन केसी, भीमसेनदास प्रधान, अतहर कमाल मुसलमान, अभिषेकप्रताप शाह, पुष्पा भुसाल, सुजाता परियार, प्रमोद यादव, प्रकाश रसाइली आदि नेताहरूको नाम मन्त्रीका लागि चर्चामा छ । यी नामहरूबाट प्रधानमन्त्री देउवाले मन्त्री बनाउन बालुवाटारमा चर्चा छ ।

माओवादी केन्द्रबाट हरिबोल गजुरेल, रेखा शर्मा, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठको नाम चर्चामा छ । महन्थ ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा जान इच्छुक छ । लोसपालाई कति मन्त्रालय दिनेभन्नेबारेमा टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...