शेरधनले सरकारी निवास छाडेनन्, मुख्यमन्त्रीको गेष्ट हाउसमा बास



हाम्रो इकोनोमि

 

 

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदको शपथ ग्रहण गरे पनि सरकारी निवासमा छिर्न पाउनुभएको छैन । यसअघिका निवर्तमान मुख्यमन्त्री शेरधन राईले निवास नछाडेका कारण आचार्य अन्यत्र बस्दै आउनुभएको हो ।

मुख्यमन्त्री आचार्य गत आइतबारदेखि बिराटनगरस्थित नेपाल राष्ट्र बैंकको गेष्ट हाउसमा बस्दै आउनुभएको छ । ‘उहाँलाई बैंकको अतिथिगृहको माथिल्लो तल्लामा रहेको भीभीआईपी रुम र सँगैका दुई वटा अन्य कोठा र बैठक हल उपलब्ध गराइएको छ,’ बैंकका एक जना अधिकृतले जानकारी दिएका छन् ।

उहाँको बिहान बेलुकीको खानपिन बैंक हातामा रहेको क्याण्टिनबाट मगाएर गेष्ट हाउसमा खाने गर्नुभएको छ । गेष्ट हाउसको माथिल्लो तलामा रहेको भीआईपी कोठामा भने निजी सचिव बसेका छन् । निजी सचिव चाँही आचार्यका छाेरा हुन् । उक्त तलाकाे ठूलो कोठामा सुरक्षाकर्मी र अन्य कर्मचारीलाई राखिएको छ ।

कोठा अभाव भएको जनाउँदै हिजो बैंकको विराटनगर कार्यालयको प्रशासनसँग मुख्यमन्त्री कार्यालयले गेष्ट हाउसको तल्लो तलाको तीन वटा कोठासमेत उपलब्ध गराउन आग्रह गरेको बुझिएको छ । तर, बैंकले एकाध दिनको लागि बाहेक लामो समयसम्म गेष्ट हाउस उपलब्ध गराउन नमिल्ने आशयको जवाफ दिएपछि मुख्यमन्त्री आचार्य अप्ठेरोमा परेको बताइन्छ । मुख्यमन्त्री नियुक्त भएको दिनदेखि गत शनिबारसम्म उहाँ आफ्नै निजी निवास सुनसरीबाट आउजाउ गर्दै हुनुहुन्छ ।

बिराटनगरको कञ्चनबारीस्थित मुख्यमन्त्रीको सरकारी निवासमा निवर्तमान मुख्यमन्त्री राईको दम्पत्ति बस्दै आएको छ । गत माघमा बिबाह गरेको राई परिवारको सरसामान तत्काल सार्न अप्ठेरो परेकाले निवास खाली गर्न केही दिन ढिलो भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाविरुद्ध प्रतिवादमा उत्रिने एमाले लडाकु दस्ताको चेतावनी

    नेकपा एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले रास्वपाका शीर्ष नेताबाट एमाले...

दाङमा रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

  दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएका छन् । तुलसीपुर एमाले...

रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...