माधव नेपाललाई कसरी चिनिन्छ ? यस्ता छन विशेषता



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका अनेक विशेषता छन । राम्रो र नराम्रो दुबै खालका विशेषताले भरिपूर्ण नेपालले जीवनकालको उत्तरार्धमा आफ्नो जीवन केमा समर्पित रह्यो ? भन्ने आफैँले प्रमाणित गराए । आम नेता तथा कार्यकर्ताले बुझ्ने गरी नेपालले आफ्नैबारेमा हुने गरेका आलोचना र टिप्पणी सबै सहि थिए भनेर प्रमाणित गरेका छन । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका बारेमा सामाजिक सञ्जाल फेसबुकमा हजारौँले सेयर गरिरहेको २० बुँदा यहाँ साभार गरिएको छ । संकलनको पहिचान हुन नसके पनि हामीले संकलित विवरण यहाँ सभार गरेका छौँ । -सम्पादक

१) २०४६ सालमा राजा हटाउन बिदेशीको सहयोग माग्नु हुदैन भन्ने मदन भन्डारीसँग भारतीय सेनाको सहयोग माग्नुपर्छ भनि बोल्ने ब्यक्ति हो माधवकुमार नेपाल (माकुने) ।

२) २०५० सालमा राष्ट्रघाती टनकपुर सम्झौता बिरुद्ध संसद र सडकमा उत्रिएका मदन भन्डारीको ज्यानको खतरा छ भनि उत्तर कोरियाली राजदुतले ४ पटक बोल्दा पनि पार्टीमा जानकारी नदिने ब्यक्ति हो माकुने।

३) आफु सत्ता र पार्टी महासचिव हुन्जेलसम्म ४० हजार टन चामल उत्तर कोरियालाई दिएर यो देशमा चामलको खडेरी सृजना गर्ने ब्यक्ति हो माकुने ।

४) २०५१ सालको एमाले ९ महिने शासनकालमा उपप्रधानमन्त्री भएर भारत भ्रमणमा जाँदा गिरिजाप्रसाद कोइरालाले गरेको राष्ट्रघाती टनकपुर सल्टाउन छाडेर उल्टै सिङ्गो महाकाली नदी प्याकेज बनाएर भारतको पाउमा चढाउने ब्यक्ति हो माकुने ।

५) ‘आफ्नो गाउँ आफै बनाऔं र वृद्धभत्ता’ शुरुवात गर्ने तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीलाई एमालेको ९ महिने शासनकालमा अर्थमन्त्री हुनबाट शुरुमा बन्चित गर्ने ब्यक्ति हो माकुने ।

६) एमाले ९ महिने शासनकालमा उप-प्रधानमन्त्री हुदाँ स्वकिय सचिव आफ्नै पत्नी राखेर पार्टी र सरकारमा सर्वप्रथम परिवारवाद भित्र्याउने ब्यक्ति हो माकुने ।

७) १५ बर्षसम्म पार्टी हाकेर १५ लाखले सदस्यता घटाउने ब्यक्ति हो माकुने ।

८) अमेरिकी राजदूत जेम्स मोरियार्टि एमाले कार्यालय बल्खु भ्रमण गर्दा माक्स, लेनिन, एंगेल्स, स्टालिन र माओको सबै तस्वीर निकालेर जर्ज वासिंगटन, अब्राहम लिंकन, थमस जेफरसन र जोन एफ केनेडीको तस्वीरहरु टांसिएर होलीवाइनको ढ्वाँङ्ग रच्ने ब्यक्ति हो माकुने ।

९) सात दलको आन्दोलन चलिरहँदा ज्ञानेन्द्र शाह सच्चिँयो भन्दै आमाको किरिया नगरी प्रधानमन्त्रीको लागि दाम चढाउन जाने ब्यक्ति हो माकुने ।

१०) “जनताबाट अनुमोदित अर्थात निर्वाचित नभए पार्टीको नेतृत्वमा बस्नु हुँदैन”, यो भनाइ २०६४ चैत २८ गते भएको संविधान सभा सदस्य निर्वाचनमा रौतहट ६ बाट माओवादी उम्मेदवार देवेन्द्र पटेल र काठमाडौं २ बाट अर्का माओवादी उम्मेदवार झक्कु प्रसाद सुवेदीले हराएपछि बोल्ने टिके प्रधानमन्त्री हो माकुने ।

११) रुक्मांगद कटुवाल कान्डले प्रचन्ड सत्ता बाहिरिँदै गर्दा २०६६ जेठ ३ गतेको खुलामञ्चको सभामा गाउँगाउँमा भिडन्त हुन्छ भने लगत्तै माओवादी कार्यकर्ताहरूले रामेछापमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, पोलिट्ब्यूरो सदस्यद्वय रविन्द्र श्रेष्ठ र पशुपति चौलागाईं र जिल्लास्तरीय नेताहरूमाथि त्यहि दिन सांघातिक आक्रमण गर्दा एक शब्द पनि उच्चारण नगर्ने ब्यक्ति हो माकुने ।

१२) पहिलो संविधान सभामा दुई ठाउँबाट हारेर पनि २२ दलको ३५० सभासदको समर्थनमा प्रधानमन्त्री बनेर संविधान निर्माणमा सिन्को नभाँच्ने ब्यक्ति हो माकुने ।

१३) २०६६ चैत २९, २०६७ वैशाख ३१ र २०६७ असार २८ गते २९९ रोपनी क्षेत्रफल रहेको ललिता निवास बालुवाटार जग्गा बारे तीनवटा त्रुटिपूर्ण निर्णय गर्ने ब्यक्ति हो माकुने ।

१४) केपी ओली भारतीय नाकाबन्दीको डटेर सामना गरिरहदाँ संसदमा सरकार बिरुद्ध कविता वाचन गरेर खुइल्याउने ब्यक्ति हो माकुने ।

१५) २०७५ साल मंसीरमा एउटा धर्मप्रचार गर्ने संस्थाको आयोजक समितिका संयोजक बन्दै एशिया प्यासिफिक सम्मेलन आयोजना गर्दा देशका प्रधामन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिको निमन्त्रणा दिई विवादास्पद बनाउने र व्यक्तित्वलाई कमजोर पार्ने काम गर्ने ब्यक्ति हो माकुने ।

१६) प्रधानमन्त्री केपी ओलीलाई बदनाम गर्ने हेतुले देशभर बलात्कृत पश्चात हत्या गरिएका निर्मला पन्तको फोटोहरु पोलमा टाँस्ने अभियान संचालन गर्दा यो सरकार असफल भयो भनि बिभिन्न संचारमाध्यममा बोल्ने ब्यक्ति हो माकुने ।

१७) २०७६ साल जेष्ठमा प्रधानमन्त्री केपी ओली ऐतिहासिक युरोप भ्रमणमा निस्कदा आफु गुटको स्थायी समिति बैठक बोलाउने ब्यक्ति हो माकुने ।

१८) गत पुसमा प्रचण्ड-माधव समूहको बबरमहलको एउटा पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकमा ओलीलाई अध्यक्षबाट हटाई आफु नै स्वघोषित अध्यक्ष हुने ब्यक्ति हो माकुने ।

१९) प्रचन्ड सँग मिलेर केपी ओलीलाई ४ पटक पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गर्ने ब्यक्ति हो माकुने ।

२०) केहि समय अघि नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित ‘प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम’ विषयक अन्तरक्रियामा ‘०६२–६३ को आन्दोलनपछि मैले उहाँ जस्तो परिवर्तन विरोधीलाई उपप्रधानमन्त्री बनाएर गल्ती गरियो भन्ने ब्यक्ति हो माकुने ।( दैनिकीबाट साभार गरीएको )

प्रतिक्रिया दिनुहोस
रास्वपाविरुद्ध प्रतिवादमा उत्रिने एमाले लडाकु दस्ताको चेतावनी

    नेकपा एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले रास्वपाका शीर्ष नेताबाट एमाले...

दाङमा रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

  दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएका छन् । तुलसीपुर एमाले...

रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...