गौतम जति छटपटाए पनि प्रधानमन्त्री बन्दैनन् : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

एमालेका केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रिय सभाका मनोनीत सांसद बामदेव गौतमलाई प्रधानमन्त्री बन्ने सम्भावना सदाका लागि समाप्त भएको जनाएका छन् । थापाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत गौतम जति छटपटाए पनि प्रधानमन्त्री बन्न नसक्ने बताए । ‘पार्टी फुटाएर हिंडेका बामदेवको प्रधानमन्त्री हुने संभावना सधैँका लागि सकियो । जति छटपटिए पनि पछि अर्थै भएन’, नेता थापाले भनेका छन् ।

‘बहुमतको सरकार बनाउने संभावनाका बीच २०५६ मा वामदेवले, २०६९ मा अशोक राई– राजेन्द्र श्रेष्ठले र २०७८ मा माधवकुमार नेपालले यो अपराधपूर्ण कार्य गरेका छन्’, थापाले भनेका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा गौतम बर्दियाबाट नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । पराजित भएका गौतम राष्ट्रपतिबाट मनोनीत हुने सांसद बनेर राष्ट्रिय सभामा प्रवेश गरेका छन् । उनले भनेका छन्, ‘नेपालमा भने चुनावको मुखमा एमाले फुटाउने, टुक्र्याउने र चोइट्याउने गर्दै आएको देख्न पाइन्छ । ‘अशोक–राजेन्द्र त मधेशी पार्टीमा पुगेर अंगिकृत नागरिकजस्तो हुन पुगे’, उनले भने, ‘अब देख्न बाँकी माधवकुमार नेपालको हरिबिजोग मात्रै रहेको छ ।’

‘उन (माधव)को पार्टी नेपाली राजनीतिमा पन्ध्र महिनापछि नै स्यालको सिङजस्तै हराउने निश्चित छ’, एमालेका नेता थापाले भने, ‘किनकि जनताले एमालेलाई सत्ताबाट हटाउन गरेका अपराधहरू नजिकबाट हेरेका छन् । दण्ड दिन मात्रै पर्खिरहेछन् ।’

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...