गौतम जति छटपटाए पनि प्रधानमन्त्री बन्दैनन् : सूर्य थापा



हाम्रो इकोनोमि

 

 

एमालेका केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रिय सभाका मनोनीत सांसद बामदेव गौतमलाई प्रधानमन्त्री बन्ने सम्भावना सदाका लागि समाप्त भएको जनाएका छन् । थापाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत गौतम जति छटपटाए पनि प्रधानमन्त्री बन्न नसक्ने बताए । ‘पार्टी फुटाएर हिंडेका बामदेवको प्रधानमन्त्री हुने संभावना सधैँका लागि सकियो । जति छटपटिए पनि पछि अर्थै भएन’, नेता थापाले भनेका छन् ।

‘बहुमतको सरकार बनाउने संभावनाका बीच २०५६ मा वामदेवले, २०६९ मा अशोक राई– राजेन्द्र श्रेष्ठले र २०७८ मा माधवकुमार नेपालले यो अपराधपूर्ण कार्य गरेका छन्’, थापाले भनेका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा गौतम बर्दियाबाट नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । पराजित भएका गौतम राष्ट्रपतिबाट मनोनीत हुने सांसद बनेर राष्ट्रिय सभामा प्रवेश गरेका छन् । उनले भनेका छन्, ‘नेपालमा भने चुनावको मुखमा एमाले फुटाउने, टुक्र्याउने र चोइट्याउने गर्दै आएको देख्न पाइन्छ । ‘अशोक–राजेन्द्र त मधेशी पार्टीमा पुगेर अंगिकृत नागरिकजस्तो हुन पुगे’, उनले भने, ‘अब देख्न बाँकी माधवकुमार नेपालको हरिबिजोग मात्रै रहेको छ ।’

‘उन (माधव)को पार्टी नेपाली राजनीतिमा पन्ध्र महिनापछि नै स्यालको सिङजस्तै हराउने निश्चित छ’, एमालेका नेता थापाले भने, ‘किनकि जनताले एमालेलाई सत्ताबाट हटाउन गरेका अपराधहरू नजिकबाट हेरेका छन् । दण्ड दिन मात्रै पर्खिरहेछन् ।’

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...