प्रचण्डलाई छाडेर ओलीसँग नयाँ सहमति गर्ने देउवा संकेत



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि नजिकिन थालेका छन् । उनीहरुबीच गठबन्धन बनाउने प्रयास चलेको हो । विगतमा पनि यी दुई नेताबीच अघोषित गठबन्धन थियो । कतिपय राजनीतिक र संवैधानिक नियुक्तिहरुमा भद्र सहमति बनाएर बढेको घटना पनि छन् ।

अहिले फेरि देउवा र ओलीबीच गठबन्धनको पहल सुरु भएको छ । विभिन्न माध्यमले सन्देशहरु आदानप्रदान हुन थालेका छन् । देउवा फेरि ओलीलाई भरोसा गर्न सकिने निष्कर्षमा पुग्न थालेका छन् ।
देउवा र ओलीबीच गठबन्धन बन्न सक्ने खास मुद्दा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमा पनि हो । एमसीसी संसदबाट पारित गराउने पक्षमा देउवा र ओली दुवै छन् ।

तर, सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विपक्षमा छन् । उनीहरु संशोधनविना एमसीसी पारित गर्न नहुने पक्षमा खुलिसकेका छन् । अब ओलीको साथ विना एमसीसी पारित गर्न देउवा सफल नहुने देखिएको छ । यसकारण पनि यी दुई नेताबीच गठबन्धन बन्न सक्छ ।

देउवा र ओली धर्मबारे उठिरहेको मुद्दाको सम्बोधनको पक्षमा सकारात्मक देखिएका छन् । दुवै नेता खुलेका छैनन् तर उनीहरुको भूमिकाले त्यस्तै सन्देश दिइरहेको छ । तर, सत्ता गठबन्धनका प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादव तीनैजना धर्मनीरपेक्षको रक्षाका लागि खुलेका छन् । यो विषयले पनि सत्ता गठबन्धनभित्र विस्तारै टकराव आउन सक्ने देखिएको छ । देउवा ओलीसँग नजिकिने अवस्था यसकारण पनि बन्ने सम्भावना छ ।

२०७४ सालको आमनिर्वाचन अघि प्रचण्ड र देउवाबीच गठबन्धन थियो । पछि प्रचण्ड ओलीसँग मिले । स्थानीय चुनावताका देउवासँग गठबन्धन गरेर सरकारको नेतृतव गरेका प्रचण्डले आमनिर्वाचन हुँदा ओलीसँग सहमति गरेर देउवालाई अप्ठ्यारोमा पारेका थिए । देउवा प्रचण्डले धोका दिएको भन्दै आक्रोशित पनि भए । यसपटक देउवाले पनि प्रचण्डको साथ छाडेर ओलीसँग नयाँ सहमति गर्ने सम्भावनालाई नकार्न सकिदैन । राजनीति आखिर सम्भावना खेल हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...