सभामुख सापकोटा अपराधी हो : पूर्वमन्त्री साह



हाम्रो इकोनोमि

 

 

पूर्वमन्त्री प्रभु साहले सभामुख अग्निप्रसाद सापकोटालाई अपराधीको संज्ञा दिएका छन् । बुधबार भक्तपुरमा आयोजित आईटी आर्मीको केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई विशेष सम्बोधन गर्दै पूर्वमन्त्री साहले सम्मानित ओहोदामा बसेको सभामुखले तटस्थ भुमिका निर्वाह गर्नुको सट्टा तल्लो स्तरको कार्यकर्ताको भुमिका देखाएको आरोप लगाएका हुन् ।

बिना कुनै बैठकको निर्णय प्रचण्डको एकल पत्रको आधारमा उनीसहित कयौँ सांसदलाई पदमुक्त गरेको सुचना टाँस्न थोरै पनि ढिलाई नगर्ने सभामुखले विधि पुर्वक दर्जनौँ सांसदलाई पदमुक्त गर्ने निर्णय पठाउदा पनि हप्ता दिनसम्म अल्झाएर पत्र फर्काएको भन्दै पूर्वमन्त्री साहले सभामुख सापकोटा प्रचण्डको लठैत रहेको टिप्पणी गरे । सभामुखको अमर्यादित हर्कतले वर्तमान व्यवस्था नै मजाक बनेको उनको ठहर छ । सभामुख सापकोटाले कानुन निर्माण देखि कानुनको कार्यान्वयन अनुगमन गर्ने सम्मानित सदनको समेत अपमान गरेको उनको भनाई छ । अहिले देख्न सकिन्छ, सभामुख जस्तो देशको एउटा सम्मानित ओहोदामा बसेको व्यक्ति जो तटस्थ रहनुपर्नेछ । तर खुलेआम रुपमा सभामुखले पदीय मर्यादा बिर्सेर एउटा दलको तल्लो स्तरको कार्यकर्ताको भुमिकामा सीमित बनेको छ ।

एकातिर बिना कुनै बैठक प्रचण्डको एउटा पत्रको भरमा हामीलाई पदमुक्त गरेको सुचना टाँस्न सभामुखलाई थोरै पनि समय लागेन । जबकी यही संसदबाट बनाईएको नियम कानुनले समेत त्यस्तो गर्न दिदैन । तर अर्कोतिर आधिकारिक बैठक बसेर दर्जनौ सांसदलाई पदमुक्त गरेको विधिसम्मत पत्र पठाउदा पनि हप्तादिन सम्म अडकाएर फिर्ता पठाइदियो । यो हर्कतले सभामुख नभई प्रचण्डको लठैत रुपमा मात्र सीमित भएको छ । पूर्वमन्त्री साहले भने, ूसभामुखको द्वैध भुमिकाले संसदको मर्यादाको हत्या मात्र गरेको छैन वर्तमान व्यवस्थालाई नै विफल बनाएको छ । कानुनको निर्माण एवम् नियमन गर्ने सभामुखको यो हर्कत ठूलो अपराध हो । आज बसेको आईटी आर्मीको बैठकले संगठन विस्तारलाई तीव्रता दिदै कार्य विभाजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र

    नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले आजसम्ममा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक नगरे १५औँ...

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

    सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप गरेको...

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित

    रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित भएको छ । हिजो तामझामसहित उद्घाटन...

नबिल बैंक र धुलिखेल अस्पतालबीच रणनीतिक साझेदारीमा हस्ताक्षर

    नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं...