राष्ट्रिय सहमतिको सरकार बनाएर चुनावमा जाने देउवाको तयारी



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा पनि चुनावमा जोड दिदै आएका छन् । उनले फेरि अर्ली इलेक्शन गर्ने प्रयास थालेका छन् । त्यसका लागि विभिन्न माध्यमले दलका नेताहरुसँग छलफल चलाएका छन् ।

देउवाले मङ्गलबार आफ्ना विश्वासपात्र समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सन्देशसहित एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न पठाए । कार्कीले देउवाको महत्वपूर्ण सन्देशहरु ओलीलाई सुनाएको बुझिएको छ ।

राष्ट्रिय सहमतिको सरकारसहित अर्ली इलेक्शनको सम्भावनाबारे कार्कीले ओलीसँग छलफल गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार देउवाले आउँदो वैशाखमा चुनाव गर्नसकिने सम्भावनाबारे ओलीसँग छलफलका लागि कार्कीलाई पठाएका हुन् । त्यसका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने उनको चाहना पनि सुनाएका छन् ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको शर्तहरुका कारण देउवा अप्ठ्यारोमा परेको बुझिएको छ । उनले ओलीसँग सम्बन्ध सुमधुर बनाएर जाने प्रयास त्यसकारण पनि थालेका हुन् । ओलीसँग देउवाको कतिपय विषयमा सहमति छ । विगतमा दुवै नेताबीच भित्री गठबन्धन बनेको थियो जुन पछि तोडियो ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...