सर्वोच्च अदालत जाँदै एमाले, यस्ता छन मुद्धा



हाम्रो इकोनोमि

 

 

प्रमुख विपक्षी नेकपा एमालेले एकैपटक तीनवटा मुद्दा लिएर सर्वोच्च अदालत जाने तयारी गरेको छ । एमाले फुटाउन निर्वाचन आयोग, संघीय संसदका सभामुख र लुम्बिनी प्रदेशका सभामुखले कानूनविपरीतको भूमिका खेलेको भन्दै एमाले सर्वोच्च जान लागेको हो ।

मुद्दाका लागि रिट लेखनलगायतको काम सकिएकाले भ्याएसम्म आजै अदालत जाने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले कानूनबमोजिम पदमुक्त भएका सांसद र पार्टीले निष्कासन गरेका केन्द्रीय सदस्यको संख्या देखाएर २० प्रतिशतका आधारमा पार्टी विभाजन गरिएकाले अदालत जाने तयारी भएको बताए ।

एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट माधव नेपालसहित १४ जना सांसदलाई निष्कासन गरेको थियो । सो निर्णयको जानकारी संसद सचिवालयलाई र निर्वाचन आयोगलाई भदौ १ गते दिइएको थियो । भदौ २ गते माधव नेपाल पक्ष पार्टी विभाजनमा लागि निवेदन लिएर आयोगमा गएको थियो । कानूनबमोजिम पार्टीले निष्कासन गरेर सूचना दिइसकेपछि सभामुखले १४ सांसदका पद रिक्त भएको सूचना टाँस्नु पर्नेमा पार्टीमा विभाजनमा नियतवश लागेको भन्दै एमालेले सभामुखविरुद्ध लाग्ने प्रष्ट बताइसकेको छ ।

सभामुखविरुद्ध अदालत, संसद र सडक तीनै ठाउँमा लडाइँ हुने र उनलाई सदन चलाउन नदिने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए । सभामुखले आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नसकेकाले एमालेले यसलाई गम्भीर रूपमा लिएको उनले बताए । कानून बमोजिम १५ दिनभित्र सभामुखले एमालेको कारवाहीलाई टुंगो लगाउनुपर्ने हो । भदौ १५ गते १५ दिन पुगेकाले अब एमालेले सभामुखविरुद्ध अदालतमा मुद्दा लैजाने भएको छ ।

त्यस्तै निर्वाचन आयोगले पनि एमालेबाट निष्कासनमा परिसकेका ९ जना केन्द्रीय सदस्य र १४ जना सांसदलाई सनाखत गराएर दल विभाजन गरेको भन्दै एमाले आयोगविरुद्ध अदालत जान लागेको हो । निर्वाचन आयोगलाई एमालेले भदौ १ मै उनीहरू निष्कासनमा परेको सूचना दिइसकेकाले उनीहरूको सनाखत मान्य नहुने पूर्वमहान्यायाधिवक्ता रमेश बडालले बताए । आयोगले आफ्नो निर्णयमा एमालेले गरेका कारवाहीलाई नोटिसमा राखेको छ ।

एमालेले लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध पनि मुद्दा लैजाने भएको छ । एमालेबाट निर्वाचित अजय शाही र नेकपाबाट निर्वाचित भएर एमाले रोजेकी विमला वलीलाई पार्टीले कारवाही गरेपछि पदमुक्त गर्नुपर्नेमा सभामुखले नगरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता हुने भएको छ । एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले सभामुखले कानूनबमोजिम काम नगरेको, निर्वाचन आयोगले कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएको र लुम्बिनीका सभामुखले पनि गैरकानूनी रूपमा एमालेका सांसदलाई स्वतन्त्र र माओवादी बनाइदिएको हुनाले सर्वोच्च अदालतमा जान लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस
रास्वपाविरुद्ध प्रतिवादमा उत्रिने एमाले लडाकु दस्ताको चेतावनी

    नेकपा एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले रास्वपाका शीर्ष नेताबाट एमाले...

दाङमा रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

  दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएका छन् । तुलसीपुर एमाले...

रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...