अर्जुन लामाको हत्यासम्बन्धी मुद्दामा सभामुख सापकोटाविरूद्धको पेशी आज



हाम्रो इकोनोमि

 

 

काभ्रेका अर्जुना लामाको हत्या सम्बन्धी मुद्दाको पेशी बुधबारका लागि तोकिएको छ । सर्वोच्च अदालतको संवैधानिक फाँटमा आजका लागि मुद्दा १ नम्बरमा रहेको छ । अर्जुन लामाको हत्यामा सभामुख अग्नि सापकोटा अर्थात तत्कालीन माओवादी कमाण्डर अग्नि सापकोटको संलग्नताको अभियोग रहेको छ । सभामुख सापकोटा उक्त मुद्दाको प्रदिवादी हुन ।

 

अर्जुनको पत्नी पूर्णिमाया लामाको अग्निप्रसाद सापकोटा (वर्तमान सभामुख) विरुद्धको मुद्दा लगायत सँगै राखिएका मुद्दाको पेसी सर्बोच्च अदालत संबैधानिक फाँटमा आज न. १ मा रहेको छ।

 

 

सभामुख सापकोटा जेल जाने कांग्रेस नेता बस्नेतको दाबी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कु–कर्मले गर्दा सभामुख अग्निप्रसाद सापकोटा छिटै जेल जाने अवस्था आउन लागेको खुलासा गरेका छन् । गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– २ कर्थलीमा शुक्रबार श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले कीर्ते गरेर सरकारी जग्गा हडपेको अभियोगमा अग्नि सापकोटा जले जाने बताए ।

‘अग्नि सापकोटाजीले धेरै अपराधहरू गर्नुभयो । उहाँलाई अर्जुन लामा हत्या प्रकरण पनि बाँकी छ’, नेता बस्नेतले भने, ‘उहाँ (अग्निप्रसाद सापकोटा)ले सरकारी जग्गा धेरै ठूलो संख्यामा कीर्ते गरेर जबरजस्ती हडप्ने काम भएको छ ।’ बस्नेतले भने, ‘सरकारी जमीन उहाँका मान्छेको नाममा पास गरिएको छ । अग्निप्रसाद सापकोटाजीको कु–कर्मको कारणले उहाँ चाँडै जेल जाँदै हुनुहुन्छ ।’

उनले भने, ‘अग्नि सापकोटा सिन्को पनि भाँचेका छैनन् । काभ्रेको अर्जुन लामा हत्या गरेको काण्डमा उनको मुद्धा बाँकी नै छ । नेताहरू अपराधी हुनु भएन ।’ कृष्णबहादुर महरा सभामुख रहेका बेला रोशनी शाहीले यौनदुर्व्यवहारको आरोप लगाएपछि सभामुख पद गुमाएर दशैँको मुखमा जेलमा बस्नु परेको थियो । महराले लामो समयपछि काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत ललितपुरबाट सफाइ पाएका छन् ।

सभामुख भएकै बेला सापकोटा पनि सरकारी जमीन कीर्ते गरेको काण्डमा जेल जाने भनेर कांग्रेस नेता बस्नेतले खुलासा गरेपछि माओवादीभित्र खैलाबैला भएको छ । सापकोटा पनि जेल गएमा माओवादीलाई सभामुख पद फाप्दैन भन्ने स्पष्ट हुनेछ । माओवादीले कहिल्यै पनि सभामुख पदमा दाबी नगरे हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...