वागमती प्रदेशका १२ सांसदले एमाले छाडे



हाम्रो इकोनोमि

 

 

वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एस रोजेका छन् । उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् । सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि नवगठित पार्टी रोजेका छन् । अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्न मन्त्री बनाएकी थिइन् ।

एमालेका ५६ जनामध्ये १२ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३५ दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

नेकपा एस रोज्ने सांसदहरू यस प्रकार छन् :-

१. राजेन्द्र पाण्डे

२. मुनु सिग्देल

३. वसुन्धरा हुमागाईं

४. लक्ष्मण लम्साल

५. राजेन्द्रमान श्रेष्ठ

६. पार्वती सिलवाल

७. ईन्द्रमाया गुरुङ

८. माधव पौडेल

९. वसन्त मानन्धर

१०. रमा आले मगर

११. कुसुमकुमार कार्की

१२. कृष्ण खनाल

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...