वागमती प्रदेशका १२ सांसदले एमाले छाडे



हाम्रो इकोनोमि

 

 

वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एस रोजेका छन् । उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् । सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि नवगठित पार्टी रोजेका छन् । अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्न मन्त्री बनाएकी थिइन् ।

एमालेका ५६ जनामध्ये १२ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३५ दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

नेकपा एस रोज्ने सांसदहरू यस प्रकार छन् :-

१. राजेन्द्र पाण्डे

२. मुनु सिग्देल

३. वसुन्धरा हुमागाईं

४. लक्ष्मण लम्साल

५. राजेन्द्रमान श्रेष्ठ

६. पार्वती सिलवाल

७. ईन्द्रमाया गुरुङ

८. माधव पौडेल

९. वसन्त मानन्धर

१०. रमा आले मगर

११. कुसुमकुमार कार्की

१२. कृष्ण खनाल

प्रतिक्रिया दिनुहोस
रास्वपाविरुद्ध प्रतिवादमा उत्रिने एमाले लडाकु दस्ताको चेतावनी

    नेकपा एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले रास्वपाका शीर्ष नेताबाट एमाले...

दाङमा रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

  दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएका छन् । तुलसीपुर एमाले...

रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...