सत्ता गठबन्धनका दलहरु नै फुटने संकेत



हाम्रो इकोनोमि

 

 

राजनीतिक दलसम्बन्धी अध्यादेश सक्रिय नै रहेकाले सबै दलभित्र डर छ । नेपाली काँग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा छ । एक्कासी बढ्न सक्ने असन्तुष्टिले दुर्घटना निम्त्याउन सक्छ । ६१ सांसद रहेको काँग्रेस अध्यादेश अनुसार १२ सांसदले नै विभाजन गर्न सक्छन् । ४९ सांसद रहेको माओवादी १० सांसदले फुटाउन सक्छन् । २३ सांसद रहेको नेकपा एस ५ सांसदले फुटाउन सक्छन् । १९ सांसद भएको जसपा ४ सांसदले फुटाउन सक्छन् ।

अहिले नै मन्त्रिमण्डल विस्तार गर्दा बढ्न सक्ने असन्तुष्टिले दलहरुभित्र अर्को दुर्घटना बन्न सक्छ । त्यसैले अध्यादेश निष्कृय भएपछि मात्र मन्त्रिमण्डल पूर्ण विस्तार गर्ने रणनीति समेत बनाइएको बुझिएको छ । माओवादी, जसपा र नेकपा एस अध्यादेश निष्कृय भएपछि मात्र मन्त्रीहरुको नामको टुंगो लगाई बढ्ने रणनीतिमा छन् । नयाँ मन्त्री थपिएपनि गठबन्धनका दलले एक दुईको मात्र नाम पठाउने तयारी गरेको बुझिएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको डेढ महिना नाघिसक्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । प्रधानमन्त्री, ४ मन्त्री र १ राज्यमन्त्रीका भरमा सरकार चलिरहेको छ । गृह, अर्थ, ऊर्जा, कानुनबाहेकका मन्त्रालय प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका छन् । स्वास्थ्यमा उमेश श्रेष्ठ राज्यमन्त्री भएपनि प्रधानमन्त्रीले नै मन्त्रालय सम्हालेका छन् ।

मन्त्रिपरिषद विस्तारमा ढिलाई हुनुमा नेकपा एमाले र जनता समाजवादीभित्रको फुटको पर्खाइ प्रमुख कारण देखियो । दुवै पार्टी अध्यादेशमार्फत् विभाजन भएका छन् । राजनीतिक दलसम्बन्धी ऐन संशोधनमा २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्था गरियो । त्यसका आधारमा एमालेबाट नेकपा एस बन्यो । जसपाबाट लोसपा बन्यो । अब नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाबाट मन्त्रीहरुको चयन गर्ने तयारी भएको छ । गठबन्धनमा काँग्रेसको भागमा अब अधिकतम ४ मन्त्री मात्र बाँकी छ । त्यो भागवन्डा सजिलो छैन ।

नेकपा माओवादी केन्द्रले अधिकतम ६ मन्त्री पाउने सहमति भएको बुझिएको छ । २ मन्त्री भइसकेकाले ४ जनाको सम्भावना छ । तर, मन्त्रिमण्डल बाँडफाँडमा असन्तुष्टि बढेमा नयाँ संकट आउन सक्छ ।

नेकपा एसले अधिकतम ६ मन्त्री पाउने बुझिएको छ । तर, आकांक्षी धेरै छन् । २३ प्रतिनिधि सभाका सांसद रहेको नेकपा एसमा २१ जना मन्त्रीका आकांक्षी छन् । राष्ट्रिय सभाका ७ जना पनि आकांक्षी हुन् । सबैलाई मन्त्री बनाउन आलोपालोको रणनीति अध्यक्ष माधव नेपालले अपनाउन लागेको बुझिएको छ । तर, असन्तुष्टलाई मनाउन सजिलो छैन ।

जसपाका १९ सांसदमध्ये १८ जना मन्त्रीका आकांक्षी छन् । अधिकतम ४ मन्त्री पाउने जसपालाई सबैभन्दा सांसद व्यवस्थापनको चुनौती छ । असन्तुष्टि बढिहालेमा जसपा अर्को दुर्घटनामा पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाविरुद्ध प्रतिवादमा उत्रिने एमाले लडाकु दस्ताको चेतावनी

    नेकपा एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले रास्वपाका शीर्ष नेताबाट एमाले...

दाङमा रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

  दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएका छन् । तुलसीपुर एमाले...

रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...