मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी, को-को बन्दैछन ( नासहित )



हाम्रो इकोनोमि

 

 

सत्ता गठबन्धनका दलहरुले मन्त्रीको नाम टुंगो लगाउने भएका छन् । सम्भवत आजै नाम टुंगो लगाएर मन्त्रिपरिषद विस्तारको तयारी भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग मन्त्रिमण्डल विस्तारको टुंगो लगाउन छलफल गरेका थिए । उनले मन्त्रीहरुको नाम मागेका थिए । मन्त्रालयको टुंगो लागिसकेको बुझिएको छ ।

नेपाली काँग्रेसबाट प्रधानमन्त्रीसहित २ मन्त्री र १ राज्यमन्त्री छन् । बाँकी ४ जना मन्त्रीको टुंगो लगाइने भएको छ । प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई २ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई १ मन्त्रीको कोटा छुट्याएको बुझिएको छ । पौडेल पक्षबाट सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, तेजुलाल चौधरी र दिलेन्द्रप्रसाद बडु मन्त्रीका सम्भावित हुन् ।

सिटौला पक्षबाट उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक मन्त्री बन्ने भएका छन् । देउवा पक्षबाट मीनबहादुर विश्वकर्मा, डा. डिला संग्रौला, उमा रेग्मी दौडधूपमा छन् । नेकपा माओवादीबाट २ जना मन्त्री भइसकेकाल अब ४ जना थपिनेछन् । थपिने सम्भावितहरुमा देव गुरुङ्ग, देवेन्द्र पौडेल, रामेश्वर राय यादव, अमन लाल मोदी, अञ्जना विशंखे, शशी श्रेष्ठ मध्येबाट छन् । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयमा जान खोजिरहेका छन् । तर, उनलाई रोक्ने रणनीति भइसकेको छ ।

नेकपा एसबाट जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, कृष्णकुमार श्रेष्ठ, प्रेमबहादुर आले, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, कल्याणीकुमार खड्का, धनबहादुर बुढाको सम्भावना बढी छ । जीवनराम ब्याक भएकाले कृष्णलाल श्रेष्ठ मन्त्री बन्ने निश्चितप्रायः भएको छ । जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव आफै सरकारको नेतृत्व गरी जाने पक्षमा छन् । तर, राजेन्द्र श्रेष्ठ या महेन्द्र राय यादवले नेतृत्व लिएर जाने सम्भावना पनि छ । मन्त्रीका सम्भावितहरुमा मोहम्मद इश्तियाक राई, सुरेन्द्र यादव, रेनु यादव, अमृता अग्रहरी छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...