हामी तत्काल कसैसँग एकता गर्दैनौं : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल आफुहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । आइतबार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रचण्डको मामुली कार्यकर्ता बन्न बाहिरी उक्साहटमा एमाले फुटाएर गएको ओलीको भनाइप्रति उनले प्रष्टीकरण दिएका हुन् । तल्लो तहसम्म आफ्नो पार्टी कमिटी विद्यमान रहेको दावी गर्दै नेपालले भने, ‘अहिले नै हामी अरु कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौँ । कसैकसैले अरुको टाङमुनि छिर्न गइरहेका छन्, अरुको कार्यकर्ता बन्न गइरहेका छन् । तुरुन्तै अर्को पार्टीमा समाहित भएर विलिन हुन गइरहेका छन् भनेर भनिरहेका छन् । त्यो सबै वाहियात प्रचार हो । कुनै सत्यता छैन त्यसमा । हाम्रो संगठनको संरचना विद्यमान छ तलतल, अलरेडि विद्यमान छ गाउँ-गाउँमा, टोलटोलमा, बस्तीबस्तीमा, जिल्ला जिल्लामा, जनसंगठनहरूमा । समानान्तररूपका सबै कमिटीहरू विद्यमान छन् ।’

अध्यक्ष नेपालले अर्थतन्त्रलाई गतिशील, चलायमान र समृद्ध बनाउन र जनतालाई गरिबीको चक्रबाट मुक्त गर्नका लागि आफूहरूको ध्यान केन्द्रित हुने बताए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...