बालुवाटारमा मन्त्री छान्ने बैठक, माधव नेपालको भागमा ५ जना ( नामसहित )



हाम्रो इकोनोमि

 

 

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्ता गठवन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् । सरकार गठनको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता: नपाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भैरहेका बेला सत्ता साझेदार काँग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता छलफलमा जुटेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी हुनुहुन्छ । नेताहरुबीच मन्त्रिपरिषद विस्तार र समसामायिक राजनीतिका बारेमा छलफल भैरहेको बताइएको छ । स्रोतका अनुसार आज या भोलिमै मन्त्रिपरिषदलाई पूर्णता: दिने तयारी छ।

नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच ५ वटा मन्त्रालयको दरले भाग लगाउने सैध्दान्तिक सहमति भएको हो । कानुन मन्त्रालयको हकमा सबै दलको सहमति हुने गरी एक जना नेकपा एकीकृत समाजवादीनिकट प्रतिष्ठित कानुन व्यवसायीलाई मन्त्री बनाउने सम्बन्धमा पनि गठबन्धनका शीर्ष नेताहरुले सहमति गर्नुभएको बुझिएको छ ।

यसअघि प्रधानमन्त्रीसहित गृह,स्वास्थ्य र कानुन मन्त्रालय काँग्रेसको भागमा परिसकेको थियो । कानूनबाट अब ज्ञानेन्द्रबहादुर कार्की अर्कै मन्त्रालयमा जाने कुरा छ । अर्थ र ऊर्जा मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ । अब एकीकृत समाजवादी र जसपाको भागमा बाँकी रहेकामध्ये महत्वपूर्ण मन्त्रालयसहित पाँच वटा पर्ने भएको हो । मुख्यगरी परराष्ट्र,शहरी विकास,स्थानीय र सामान्य प्रशासन,कृषि,वन,उध्योग,वाणिज्य तथा आपूर्ति,महिला,बालबालिका,श्रम,भौतिक योजना,पर्यटन,रक्षा,भूमिसुधार,सञ्चार मन्त्रालय अझै बाँकी छन् ।

एकीकृत समाजवादीबाट स्थायी समिति सदस्य बेदुराम भुसाल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, प्रेम आले, मेटमणी चौधरी सरकारमा जाने सम्भावना रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...