एमाले सुदूरपश्चिमको नालिबेलि, भीम रावल झनै शक्तिशाली



हाम्रो इकोनोमि

 

 

पार्टीभित्रको आन्तरिक विवाद मिल्न नसक्दा विभाजन भएको एमालेको सुदूरपश्चिम प्रदेशमा माधव नेपालको नेकपा (एकीकृत समाजवादी) भन्दा एमालेमा धेरै केन्द्रीय सदस्य र सांसदहरू धेरै बसेका छन् । एमालेबाट अलग भएको एकीकृत समाजवादी गठनपछि नेताहरूले कित्ता खुलाउन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशका ५ केन्द्रीय सदस्यले एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । ६ जना सांसदले एमाले छोडेका छन् । दुई केन्द्रीय सदस्य सांसद समेत छन् । सुदूरपश्चिम प्रदेशबाट एमालेमा २३ जना केन्द्रीय सदस्य थिए । जसमा गरिमा शाह (कैलाली), रामकुमार ज्ञवाली (कञ्चनपुर), निरादेवी जैरु (डडेल्धुरा), बिक्रम शाही (डडेल्धुरा) र प्रेमबहादुर आले (डोटी) एकीकृत समाजवादीमा खुलेका छन् ।

जैरु डडेलधुराकी समानुपातिक सांसद हुन् । आले डोटीबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । नेपाल समूहका केन्द्रीय सदस्य भीम रावल, झपट रावल र प्रकाश शाह एमालेमा बसेका छन् । रावल यसअघि नेपाल समूहतिर थिए । पार्टी विभाजन हुँदा रावलले नेपाललाई साथ दिएनन् ।

लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेश सिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह पनि एमालेमा रहेका छन् । सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ एमालेका ११ जना सांसद छन् । ८ जना ओलीनिकट छन् । ३ जना माधव समूहका छन् ।

ओलीनिकट कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरव सिंह, दार्चुलाका गणेश ठगुन्ना, अछामका यज्ञ बोगटी, भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट एमालेमा छन् ।

एमालेतर्फबाट समानुपातिकमा प्रदेशका ५ जना सांसद छन् । कञ्चनपुरकी बिना बुढाथोकी, डडेलधुराकी निरादेवी जैरु र कैलालीकी लक्ष्मी चौधरी एकीकृत समाजवादीमा छन् । कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक एमालेमा छिन् ।

चार जना राष्ट्रिय सभाका सांसदमध्ये दुई जना एकीकृत समाजवादीमा लागेका छन् । शेरबहादुर कुँवर र शारदा भट्ट एकीकृत समाजवादीमा लागेका हुन् । कञ्चनपुरका इन्दु कडरिया विष्ट र डडेल्धुराका चक्र स्नेही एमालेमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...