एमाले सुदूरपश्चिमको नालिबेलि, भीम रावल झनै शक्तिशाली



हाम्रो इकोनोमि

 

 

पार्टीभित्रको आन्तरिक विवाद मिल्न नसक्दा विभाजन भएको एमालेको सुदूरपश्चिम प्रदेशमा माधव नेपालको नेकपा (एकीकृत समाजवादी) भन्दा एमालेमा धेरै केन्द्रीय सदस्य र सांसदहरू धेरै बसेका छन् । एमालेबाट अलग भएको एकीकृत समाजवादी गठनपछि नेताहरूले कित्ता खुलाउन थालेका छन् ।

सुदूरपश्चिम प्रदेशका ५ केन्द्रीय सदस्यले एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । ६ जना सांसदले एमाले छोडेका छन् । दुई केन्द्रीय सदस्य सांसद समेत छन् । सुदूरपश्चिम प्रदेशबाट एमालेमा २३ जना केन्द्रीय सदस्य थिए । जसमा गरिमा शाह (कैलाली), रामकुमार ज्ञवाली (कञ्चनपुर), निरादेवी जैरु (डडेल्धुरा), बिक्रम शाही (डडेल्धुरा) र प्रेमबहादुर आले (डोटी) एकीकृत समाजवादीमा खुलेका छन् ।

जैरु डडेलधुराकी समानुपातिक सांसद हुन् । आले डोटीबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् । नेपाल समूहका केन्द्रीय सदस्य भीम रावल, झपट रावल र प्रकाश शाह एमालेमा बसेका छन् । रावल यसअघि नेपाल समूहतिर थिए । पार्टी विभाजन हुँदा रावलले नेपाललाई साथ दिएनन् ।

लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेश सिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह पनि एमालेमा रहेका छन् । सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ एमालेका ११ जना सांसद छन् । ८ जना ओलीनिकट छन् । ३ जना माधव समूहका छन् ।

ओलीनिकट कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरव सिंह, दार्चुलाका गणेश ठगुन्ना, अछामका यज्ञ बोगटी, भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट एमालेमा छन् ।

एमालेतर्फबाट समानुपातिकमा प्रदेशका ५ जना सांसद छन् । कञ्चनपुरकी बिना बुढाथोकी, डडेलधुराकी निरादेवी जैरु र कैलालीकी लक्ष्मी चौधरी एकीकृत समाजवादीमा छन् । कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक एमालेमा छिन् ।

चार जना राष्ट्रिय सभाका सांसदमध्ये दुई जना एकीकृत समाजवादीमा लागेका छन् । शेरबहादुर कुँवर र शारदा भट्ट एकीकृत समाजवादीमा लागेका हुन् । कञ्चनपुरका इन्दु कडरिया विष्ट र डडेल्धुराका चक्र स्नेही एमालेमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...