एमाले निल्न आएका प्रचण्ड फेल खाए : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

 

 

नेकपा एमालेका नेता तथा युवा संघ इन्चार्ज महेश बस्नेतले माधवनेपाल र झलनाथ खनालको नेतृत्वकाल एमालेका लागि बिर्सनलायक अवधि भएको बताएका छन् । ललितपुरमा लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले मदन भण्डारी, मनमोहन अधिकारी र केपी ओलीको नेतृत्व एमाले र मुलुकका लागि गर्व गर्न लायक अवधि रहेको बताए ।

बस्नेतले भने– माधव नेपालको १५ वर्ष र झलनाथ खनालको १३ वर्ष एमालेका लागि विर्सनलायक समय हो । उनीहरुको कारण एमालेको शीर निहुरेको थियो । हामीले गर्व गर्ने नेतृत्व भनेको मनमोहन, मदन भण्डारी र केपी ओली हुन् । नेकपा एमाले, न पोथी न भाले’ को अवस्थामा माधव नेपालले एमालेलाई तल झारेको भन्दै बस्नेतले केपी ओली दिल्लीमा उपचार गर्न जाँदा झलनाथ र माधवले मरे हुन्थ्यो भनेर धुप हालेको आरोप लगाए ।

बस्नेतले एमालेमा मिल्ने भन्दा पनि निल्ने उद्देश्यले एकतामा आएका प्रचण्डको एमाले निल्ने प्रयास सफल नभएपछि माधव नेपाललाई लिएर बाहिरिएको आरोप लगाए । बस्नेतले माधव नेपालले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रचण्ड र शेरवहादुर देउवाको पाउमा जिम्मा लगाउन खोजेको भन्दै कसैले पनि एमाले छाडेर माधवको पार्टीमा गएमा राजनीतिक भविष्य सिद्धिने बताए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...